वीरेन्द्रलाई उपाधि

नवलपरासी । नवलपरासी जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको नवौं जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि वीरेन्द्रकुमार श्रेष्ठले हात पारेका छन् । उनले स्विस लिग प्रणालीअनुसार भएको प्रतियोगिताको सातौं चरणको खेलमा विश्वनाथ पाण्डेलाई पराजित गरी उपाधिसहित १२ हजार रुपैयाँ  हात पारे ।

त्यसैगरी, पर्शुराम भुसालले ६ अंक हात पारी दोस्रो स्थानमा रही ९ हजार पाए । उनले सातौं चरणको खेलमा छैटौं चरणको खेलसम्म अपराजित रहेका गोपीनाथ कँडेलमाथि सफलता हात पारेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित