लामो समयपछि बन्ने भयो टेकान बसपार्क

रौतहट । लामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका–४ मा रहेको टेकान बसपार्क शनिबारदेखि निर्माण कार्य हुने भएको छ । शहरी विकाश मन्त्रालय अन्तरगत सघन सहरी तथा भवन निर्माण आयोजनामा सो बसपार्क बन्न लागेको हो ।

गत चैत्र १५ गते सो बसपार्कसहित जुडिबेलाको प्रवेशद्वारदेखि असनवासम्मको मूल सडकको दाया बाया नाला सहितको कालोपत्रे,नयाबस्तीको सडक ढलान तथा गैडाटारको हाट बजार ब्यबस्थापनको लागी ठेक्का लागेको थियो ।

भोलिबाट काम शुरु हुदै

सो ४ वटै योजना सम्पन्न गर्नको लागी १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाको लागतमा बिनायक–प्रजिल जेभि भक्तपुरले ठेक्का लिएको छ । सो बसपार्कको रौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिना र चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेले शुक्रबार प्राबिधिक सहित स्थलगत अनुगमन गरेका छन ।

बसपार्कको स्थलगत अनुगमन गदै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले समय अबधि मै गुणस्तरी काम गरेर सम्पन्न गर्न निमार्ण कम्पनीलाइ निर्देशन दिएका छन । बसपार्कको काम भोलीबाट नै शुरु हुने नगर प्रमुख काफलेले बताए । यसैगरी रौतहट क्षेत्रनं ४ का संघिय सासद देव प्रसाद तिमल्सिनाले गुणस्तरी कामको लागी पटक पटक अनुगमन गर्नुपर्ने बताए । जनताको रगत र पसिनाबाट उठेको राजस्व रकमबाट बन्न लागेको बसपार्कको काममा स्थानियले गुणस्तरीताको पटक पटक अनुगमन गर्न संसद तिमलसिनाले आग्रह गरेका छन । नगर प्रमुख काफलेले र संसद तिमलसिनालाई गुणस्तर काम गर्न ठेकेदार कम्पनीका प्राबिधिकहरुलाई निर्देशन दिएका छन ।

ठेकेदार निर्माण कम्पनीले सो योजना आउँदो २०८१ असोज १५ गते भित्रनिर्माण गरिसक्नुपर्ने छ ।

सो ४ वटा योजनाको अनुमानित लागत २४ करोड ८८ लाख ४३ हजार ८८६ रहेको भएतापनि निमार्ण कम्पनीले १६ करोड १२ लाख २१ हजार ३६५ रुपैयामा सकार गरेको छ । जुडिबेला मुख्य सडकको काम धमाधम भइरहेको छ । दुईतर्फ नाला बनाउने कार्य अन्तिम चरणमा रहेको र कालोपत्रेको काम पनि छिटै सुचारु हुने ठेकेदार निर्माण कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको गोदावरी नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी