पुष्पसदन विजयी

काठमाडौं  ।  नेपाल एपीफ स्कुल कीर्तिपुर—४ काठमाडौंको आयोजनामा छैटौं नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार चार खेल सम्पन्न भएका छन् । शनिबार भएको पहिलो खेलमा पुष्प सदन बोर्डिङ हाइ स्कुलले राराहिल मेमोरियल स्कुललाई २—१ गोल अन्तरले पराजित गरेको छ । पुष्प सदन बोर्डिङ हाइ स्कुललाई विजयी गराउन नर्बु तामाङले २ गोल गरेका थिए भने नगेन्द्र विष्टले राराहिल मेमोरियल स्कुलका तर्फबाट १ गोल गरे ।

त्यसैगरी, दोस्रो खेलमा ग्रिन भिलेज एजुकेसन फाउन्डेसनले एम्ब्रोसिया इन्टरनेसनल स्कुललाई ४—० को फराकिलो अन्तरले पराजित ग¥यो । ग्रिन भिलेज एजुकेसन फाउन्डेसनलाई विजयी गराउन सरुण कुँवरले ३ गोल र समीर बोहराले १ गोल गरेका थिए । तेस्रो खेलमा हारती शिक्षा मन्दिरले बाघ भैरव बोर्डिङ स्कुललाई २—० गोले अन्तरले पराजित ग¥यो । हारति शिक्षा मन्दिरका तर्फबाट सागर लामा १ र मनिष रमौली मगरले १ गोल गरेका थिए । त्यसैगरी, ल्याबोटरी माविले न्यु भिजन एकेडेमीलाई ५—० को फराकिलो अन्तरले पराजित ग¥यो । ल्याबोटरी माविलाई विजयी गराउन रमेश केसी २, सुवर्ण प्रधान १, रितिक पढेरा १ र रविन तामाङले १ गोल गरेका थिए ।

आइतबार आयोजक नेपाल एपीएफ स्कुलविरुद्ध हारति शिक्षा मन्दिर, लिटल एन्जल्स स्कुलविरुद्ध लोयल्टी एकेडेमी, साल्भिनिया एकेडेमीविरुद्ध नेपाल पुलिस स्कुल र ब्राइट होराइजन चिल्ड्रेन होम स्कुलविरुद्ध जनसेवा माविबीच खेल हुँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 324 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धरासायी : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादी ५२, माओवादी २६, एमाले १० र कांग्रेस २ जिल्लामा शून्य