काठमाडौं । विनायकले चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)द्वारा आयोजित प्रतियोगिताको फाइनलमा विनायकले विट्स एकेडेमीलाई ६–२ गोलले पराजित ग¥यो । विनायकका ‘म्यान अफ द म्याच’ स्कन्द पोखरेलले ४ गोल गरे । सतिश थापा र नितिश सहनीले १–१ गोल थपे । विट्स एकेडेमीका साम्देन तामाङ र रिसोप प्रधानले १–१ गोल फर्काए ।
लुम्बिनी एकेडेमीको मुख्य प्रायोजनमा चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा तेस्रो स्थानका लागि भएको खेलमा सगरमाथाले पुष्पलाललाई ३–१ गोलले हरायो । विजेताले १० हजार र उपविजेताले ८ हजार नगद पुरस्कार पाए । तेस्रो हुनेले ७ हजार तथा चौथोले ५ हजार नगद पुरस्कार हात पारे ।
तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)