ललितपुर । लकडाउनका बेला रातारात सप्तरीबाट प्रहरी स्कटिङ गरी ललितपुर ल्याइएका १३ जना इन्डोनेसियन नागरिकलाई ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकामा विरोध गरिएपछि गोप्य स्थानमा राखीएको छ ।
कहिले सप्तरीको मस्जिद त कहिले ललितपुर इमाडोलस्थित मस्जीद हुँदै गोदावरीको भिलेज रिसोटसम्म क्वारेन्टाइन बस्न पुगेका उनीहरुलाई स्थानीको विरोध भएपछि त्यहाँबाट हटाएर प्रहरीले गोप्य स्थानमा पु¥याएको छ । बिहीबार मध्यराती उनीहरुले रिसोटबाटै अन्यत्रै लगेको हो ।
चौतर्फी विरोध आउन थालेपछि प्रहरीले ती १३ जना इन्डोनेसियन नागरिक राखेको स्थान’bout जानकारी दिन अस्वीकार गरेको छ । इन्डोनेसियन नागरिकलाई सुरक्षित स्थानमा राखिएको र उनीहरुको बसाइले कसैलाई असर नपर्ने ठाउँमा राखेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिइन् ।
सप्तरीबाट ल्याएर बुधबार राती ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित मस्जिदमा राख्खिएका ती इन्डोनेसियन नागरिकलार्इ बिहीबार साँझ गोदावरी नगरपालिकाको गोदावरी भिलेज रिर्सोटमा राखिएको थियो ।
रिसोट ’roundका स्थानीयसँगै ३ नम्बर वडाका जनप्रतिनिधीसमेतको विरोधका कारण उनीहरुलाई त्यहाँबाट सारिएको ४ नम्बर वडाका अध्यक्ष मुकुन्द पहारीले जानकारी दिए । यो राम्रो काम भएन, उनीहरु विरामी पनि थिएनन्, उनले भने , ‘यस्तो ब्यवहारले विदेशमा राम्रो सन्देश जाँदैन ।’






