सप्तरीलाई उपाधि

वीरगन्ज । प्रदेश नम्बर २ को प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि सप्तरीले उचालेको छ । शनिबार पर्सामा भएको उपाधि भिडन्तमा सप्तरीले बारालाई २–० ले पराजित गरेको हो । यो उपाधिसँगै सप्तरी फुटबल संघले १ लाख ५१ हजारको नगद पुरस्कार प्राप्त ग¥यो । विजेता टिमलाई प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले पुरस्कार प्रादन गरे ।

दर्शक र समर्थकको मन जिते पनि बारा उपविजेतामा नै चित्त बुझाउन बाध्य भयो । उत्कृष्ट खेल पस्केको उपविजेता बाराले ७५ हजार नगद पुरस्कार जित्यो । शनिबार भएको फाइनलको पहिलो हाफमा दुवै टिमका तर्फबाट गोल हुन सकेन । दोस्रो हाफको १९ मिनेटमा सप्तरीका लागि उज्ज्वल सिंह सेवाले गोल गरे । उनले डी–बक्स एरियाबाट हानेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि बाराले गोल फर्काउने प्रयास ग¥यो । केही मुभ सिर्जना गरेको भए पनि गोल गर्न सकेन ।

सप्तरीका दिवस श्रेष्ठले दोस्रो हाफको  ३२औं मिनेटमा गोल गर्दै टिमलाई २–० ले अग्रता दिलाएका थिए । बाराले अन्तिम समयसम्म गोल फर्काउने प्रयास गरेको भए पनि सफल हुन सकेन । खेलको बेस्ट गोलकिपर सप्तरीकै रेम्बोकुमार चौधरी घोषित भए । बेस्ट प्लेयर सप्तरीका प्रजा चौधरी चुनिए ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा