सरस्वती र कुल वर्ष उत्कृष्ट

काठमाडौं । नेपाल एपीएफ क्लबकी सरस्वती चौधरी र नेपाल पुलिस क्लबका कुलबहादुर थापा तेस्रो एनभीए अवार्डको ‘वर्ष उत्कृष्ट खेलाडी’बाट सम्मानित भएका छन् । अवार्डमा सरस्वतीे महिलातर्फ र कुलबहादुर पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भएका हुन् ।

महिलातर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी र पुरुषमा त्रिभुवन आर्मी क्लबका सरण सामरी क्षेत्री उदीयमान घोषित भएका छन् । महिलातर्फको प्रशिक्षकमा एपीएफका ज्ञानेन्द्र बिस्ट र पुरुषतर्फ पुलिसका सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरूले नगद २५ हजारसहित सम्मानपत्र प्राप्त गरे । यस्तै, एपीएफ महिलातर्फ र नेपाल पुलिस क्लब पुरुषतर्फ वर्ष २०७५ को उत्ृकष्ट टम बन्न सफल भए ।

एपीएफ महिलातर्फ १० मा ९ प्रतियोगितामा च्याम्पियन बनेको थियो । पुलिस ९ मध्ये ६ खेलमा च्याम्पियन बन्न सफल भएको थियो । उत्कृष्ट टिमले ग्लोबल आईएमई बैंकद्धारा प्रायोजित जनही १–१ लाख रुपैयाँ हात पारेका छन्

यसैगरी, भलिबलमा लामो समयसम्म आबद्ध तथा अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्न्यासको घोषणा गरेकी कोपिला उप्रेतीलाई संघले सम्मानस्वरूप नगद ५० हजारसहित सम्मान पत्रले सम्मान गरेका छन् । उप्रेतीले ६१ सालदेखि अनवरत रूपमा भलिबल खेलाडीका रूपमा आफूलाई उभ्याएकी थिइन् ।

नेपालमा भलिबल खेलको विकास र विस्तारमा अनवरत लागिपर्ने न्यु डायमन्ड एकेडेमीका संस्थापक प्रिन्सिपल एवं प्रशिक्षक तथा नेपाल भलिबल संघ विद्यालय कमिसनका उपाध्यक्ष कुमार राई २५ हजार रुपैयाँसहित सम्मानित भएका छन् ।

यस्तै, संघले नेपालमा भलिबल खेलको विकासमा सहयोग पु¥याउनने नेदरल्यान्ड भलिबल संघका विकास निर्देशक पिटर भान तरेललाई पनि सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

यसैबीच संघले बंगलादेशमा भएको सेन्ट्रल जोनमा च्याम्पियन बन्न सफल टोलीका सबै सदस्यलाई जनही २५ हजारका दरले पुरस्कृत गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस