विद्यार्थी बनभोज हिडेको बस दुर्घटना

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । इलामबाट बनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदै गरेको मे १ ख ३३८० नम्बरको बस शनिवार विहान करिब १०ः४५ बजे दुर्घटना भएको हो ।

इलामको माइ नगरपालिका–४ स्थित गरुवा आधारभूत विद्यालयका विद्यार्थी बनभोज आउँने क्रममा ब्रेक फेल भएर बस दुर्घटना भएको धनकुटाका प्रहरी प्रवक्ता राजबाबु महर्जनले जानकारी दिए । दुर्घटनामा परी चार जना विद्यार्थी र दुई जना शिक्षक घाइते भएका हुन् ।

घाइते हुने विद्यार्थीहरुमा १४ बर्षीया शान्ति लिम्बु, १३ बर्षीया सिमा राई, १६ बर्षीय मनिका राई र १६ बर्षीया निस्मा सारु मगर छन् । उनीहरुसँगै बनभोज आएका शिक्षक ५७ बर्षीय रामबहादुर मगर र ४९ बर्षीया शिक्षिका पवित्रा राई पनि घाइते भएकी छन् ।

घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको भेडेटारका प्रहरी इन्चार्ज टंकप्रसाद कोइरालाले जानकारी दिए । घाइते मध्ये शान्तिको अवस्था गम्भीर छ । सो बसमा करिब ५५ जना सवार थिए ।

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’