दर्शन नमस्ते सायरेम भन्दै आए राजेशपायल

काठमाडौं । विभिन्न देशमा साँगीतिक प्रस्तुति दिएर नेपाल फर्केका गायक राजेशपायल राईले आफ्नो नयाँ गीत ‘दर्शन नमस्ते सायरेम’को भिडियो शुक्रबार बेलुका सार्वजनिक गरेका छन् । दर्शन नमस्को सृँखलाको यो गीत उनले आफ्नो च्यानलबाट सार्वजनिक गरेका हुन् ।

राजेशपायल राई केही दिनअघि मात्र अमेरिकाको सांगीतिक टुर छोट्याएर नेपाल आएका हुन् । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोच रहेकाले कार्यक्रम छोट्याएर नेपाल आएको राजेशपायलले बताए । राजेशपायल राई यो मंसिर महिनाभर पूर्वी नेपालको सहरहरुमा कन्सर्टमा व्यस्त हुनेछन् ।

सार्वजनिक गीतमा बिर्ख गुरुङको शब्दरचना र निरज लामाको संगीत तथा एरेञ्ज रहेको छ । यो गीतलाई ए वान म्युजिसियनमा रेकर्ड गरिएको हो ।

युवराज वाइबाले निर्देशन गरेको यस गीतको भिडियोमा राजेशपायल राई आफैँले अभिनय गरेका छन् । भिडियोमा राजेशपायल राईसँगै सन्ध्या स्याङ्तानले अभिनय गरेकी छिन् ।

भिडियोमा एक युगल जोडीको प्रेमकथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । यस गीतको भिडियोलाई निश्चल पौडेलले खिचेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पूर्व पत्रकार बाजुराको नगरप्रमुख र उपप्रमुख निर्वाचित