रुस–युक्रेन युद्धमा ६ नेपालीको मृत्यु, एक जना युक्रेनमा बन्धक

काठमाडौं । रुस–युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव नेपाल पठाउन नेपाल सरकारले औपचारिक रुपमा आग्रह गरेको छ । लामो समयदेखि रुस र युक्रनबीचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका ६ नेपालीको मृत्यु भएपनि सरकाले शव पठाउन पहिलोपटक औपचारिक रुपमा आग्रह गरेको हो । परराष्ट्रका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन् । उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ ।

नेपालीको शव ल्याउन कठिन

‘नेपाल सरकारले रूसी सरकारलाई निजहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि हालसम्म चार जना नेपालीको रुसी सेनामा भर्ती भएर मृत्यु भएको सार्वजनिक भएको थियो । तर सोमबार मन्त्रालयले ६ जना नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । युद्धमा मारिएका नेपालीहरुको नाम पछिल्लो पटक औपचारिक रुपमा चार जनाको नाम मात्रै सार्वजनिक भएको भएपनि परराष्ट्र मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार ६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यद्यपी रुसले भने नेपालीहरुको मृत्यु ’bout आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान रहेको मन्त्रालयले जनाएको छ । द्धन्द्धग्रस्त देश रुस र युक्रनमा नजान सरकारले पटक–पटक आग्रह गर्दै आइरहेको भएपनि नेपालीहरु पर्यटक भिषामा दुबई र छिमेकी मुलुक भारत भएर रुस र युक्रेनमा सेनामा भर्ना हुने क्रम रोकिएको छैन ।

परराष्ट्र मन्त्रालयले रुसलाई नेपाली नागरिकलाई सेनामा भर्ना नलिन आग्रह समेत गरेको छ । नेपाली नागरिकलाई सेनामा भर्ना नलिन र भर्ना भएका भए त्यस्तो नागरिकलाई नेपाल फिर्ता पठाउन रुस सरकारसँग सरकारले आग्रह गरेको छ । साथै, कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । तर, रुसले भने नेपाल सरकारको त्यस्तो आग्रह मान्ने अबस्था भने देखिदैन । केही महिना अगाडि युक्रेनको बाख्मुत शहरमा भएको युद्धमा मारिएका गोरखाका सन्दीप थपलियाको मृत्यु भएको थियो । उनको शव नेपाल ल्याएर सद्गद् गर्न परिवारले नेपाल सरकारसँग एक महिनअघिदेखि आग्रह गर्दै आइरहेको भएपनि रुसले नेपाल पठाउन चाहेन । थपलियाको शव उतै रुसले सद्गद् गरिसकेको जनाएको छ ।

सन्दीपलाई रुसी सेनामा महिनाको ७५ हजार रुबल अर्थात् नेपालको झण्डै १ लाख रुपैयाँ तलब दिने बताइएको थियो । अन्तिमपटक उनले परिवारलाई युद्धमा भएकाले पछि फोन गर्ने बताएका थिए । त्यसपछि उनी बाख्मुतको युद्धमा मारिए । अमेरिकाबाट प्रकाशित हुने न्युयोर्क टाइम्सका अनुसार सन्दीपजस्ता नेपाली युवाहरू रुस र युक्रेन दुवैतर्फका सेना बनेका छन् ।

मन्त्रालयले सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको उल्लेख गरेको छ । ‘सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)लिएर मात्र यात्रा गर्नु हुन सर्सावधारण सबैमा मन्त्रालय हार्दिक अपिल गर्दछ,’ परराष्ट्रले भनेको छ, ‘कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा पुनः हार्दिक अनुरोध गर्दछ ।’

साथै रुस–युक्रेन युद्धमा घाइते हुनेको संख्या १८ जना भन्दा बढी पुगेको युद्धमा घाइते भएका एक नेपालीले राजधानीसँग भने । गत १३ नोभेम्बर रुस–युक्रेनबीच युद्ध हुँदा ९ जना घाइते भएका थिए भने १५ नोभेम्बरमा दोस्रो पटकको युद्धमा थप ९ जना घाइते भएको ति नेपालीले नाम नखुलाउने शर्तमा राजधानीसँग भने । युद्धमा घाइते हुने नेपाली १० जना सेना समायोजनपछि बहिग्रमनमा परेको पूर्वमाओवादी लडाकू समेत हुन् । नेपालमा युद्धको अनुभवको आधारमा रुस पुगेका ५० लडाकु मध्ये हाल २२ जना तालिम गरिरहेको घाइते ति नेपालीले बताए । घाइते मध्ये अधिकांश खतरामुक्त रहेको उनको भनाई छ ।

हालसम्म नेपालीहरु कतिको संख्यामा रुस र युक्रेनको सैनिकमा भर्ना भएका छन् भन्ने यकिन तथ्यांक छैन । तर, दुबै देशमा हाल नेपालीहरु रोजगारीको शिलशिलामा त्यहाँ पुगेर सैनिकमा भर्ना हुने क्रम बढिरहेको छ । सरकारले श्रम गन्तव्य नतोकेको र द्धन्द्धग्रस्त देशमा नजान आग्रह गरेपनि माओवादीका पूर्व लडाकु, पूर्व सुरक्षाकर्मीहरु रोजगारीका लागि सो क्षेत्रमा गइरहेको जानकारी आइरहेका छन् ।

नेपालीहरु दुबै देशको सेनामा भर्ति हुन जानेको संख्या बढिरहेको छ । दुई देशबीचको तनाबका बीच रुसले भाडाको सैनिक प्रयोग गरेर युक्रेनसँग लडिरहेको छ । पछिल्लो समय मात्रै भारत र दुबईको बाटो हुँदै रुसको भाडाको सैनिकमा भर्ना हुन जानेको संख्या बढिरहेको छ ।

पछिल्लो समय रसिया प्रवेश गरेका नेपाली युवा रसियन सेनामा भर्ती हुने गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । नेपालबाट पनि रसियन सेनामा भर्ती गर्न सामाजिक सञ्जालमा विज्ञापन भइरहेको छ । विगत सात महिनायता नेपाली युवा भारत हुँदै रसिया पुगेर सेनामा भर्ती भइरहेको खबर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि पटक–पटक पाइरहेको छ । सामान्यतया युद्धग्रस्त देशहरूमा जाने कामदारको सरकारले श्रम स्वीकृति रोक्ने गरेको छ । तर, रुसमा अरु देशको बाटो प्रयोग गरेर नेपालीहरु रुस पुगिरहेका छन् ।

रुसी सेनामा भाडाको सैनिक बढ्नुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशीहरुका लागि आक्रर्षक योजनाले तानेको हो । सन् २०२२ सेप्टेम्बर अन्तिम हप्तामा रुसी सदन ‘स्टेट डुमा’ले एक विधेयक पारित ग¥यो । त्यो विधेयकले एक वर्ष रुसी सेना, रुसी फौज वा अन्य सैन्य सेवामा आवद्धहरूलाई सैनिक क्षेत्रमा सहभागी भएको एक वर्षमै रुसी नागरिकता दिने सहज प्रावधान ल्यायो । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले सन २०२३ मे १६ मा त्यो विधेयक प्रमाणीकरण गरेका थिए ।

त्योसँगै विधेयक ऐन बनेको छ । विधेयकको प्रमाणीकरणसँगै रुसी फौजमा एक वर्ष काम गरेका जुनसुकै देशका युवासँगै उनीहरूका श्रीमानश्रीमती वा परिवारका सदस्यहरूले सहज रुपमा रुसी नागरिकता लिन पाउनेछन् । रुसी फौजमा सहज प्रवेश र नागरिकता पाउने ‘आकर्षक’ प्रावधानले गर्दा धेरै नेपाली त्यसमा आकर्षित भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 468 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता विपरीत एमालेकाे चुनाव प्रचार गर्दै हेटाैंडाका मेयर