Saturday, June 6, 2020
Home Editor-Picks पञ्चलाई हर्जना तिरेर विवाह गर्न लागेका जोडी पक्राउपछि क्वारेन्टाइनमा

पञ्चलाई हर्जना तिरेर विवाह गर्न लागेका जोडी पक्राउपछि क्वारेन्टाइनमा

जनकपुरधाम । घरमा बिहेको सम्पूर्ण तयारी भएको बेला पक्राउ गरियो भने कस्तो अवस्था हुन्छ होला ? धनुषामा यस्तै भएको छ ।

सुटुक्क बिहे गर्न लागेका एक जोडी अहिले क्वारेन्टाइनमा छन् । धनुषाको शहिदनगर नगरपालिका ५ पछेर्वा मुसहरी टोलका युवा युवतीले पञ्चको निर्णय अनुसार बिहे गराउन लाग्दा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा राखिएको हो ।

करिब महिना दिनअघि भागेर भारत पुगेको दुवैजना तीन दिनअघि मात्रै घर फर्किएको थिए । घर फर्किएका दुवैजनालाई बिहीबार बिहान गाउँका पञ्चहरुको भेलाले दण्ड जरिवानासहित विवाह गराउन लाग्दा पक्राउ गरिएको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले जानकारी दिए ।

‘महिना दिनअघि दुवै भागेर छिमेकी मुलुक भारत पुगेका थिए । फेरी उताबाट भागेर नेपाल आइपुगेको दुई दिन भएको थियो, पञ्चहरुले दण्ड जरिवानासहित बिहे गराउन लाग्दा प्रहरीको सहयोगमा पक्राउ गरेर क्वारेन्टाइनमा राखेका छौं ।’ मेयर यादबले भने ।

पक्राउ परेका युवायुवती दुवै मुसहर समुदायका हुन् । पञ्चहरुले समाजिक नियम उल्लंघन गरेर भागेको आरोपमा केटा पक्षलाई डेढ लाख र केटी पक्षलाई १ लाख जरिवाना गरी विवाह गराउन लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । अभिभावकको सहमती बेगर विहे गर्दा पञ्चहरुले जरिवान तिराउने कार्य पटक पटक हुने गरेको छ ।

घटनाको सन्दर्भमा इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक दिपकबाबु केसीले भारतबाट फर्किएर आएका दुवैलाई कोरोना संक्रमणको शंकास्पद अवस्थामा क्वारेन्टाइन पठाइएको जानकारी दिए । उनले भने, ‘विवाहको पछिल्लो चरणको कुरा हो, उमेर पुगेको नपुगेको भन्दा पनि क्वारेन्टाइनमा राख्नु कोरोना संक्रमणको निगरानी मात्र हो ।’

(Visited 162 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)