उत्पीडित समुदायको मानव अधिकार रक्षाको विषयमा ध्यान दिन आह्वान

काठमाडौं । राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालले उत्पीडित विश्वका सबै मानव समुदायको मानव अधिकार रक्षाको विषयमा ध्यान दिन सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।

मानव अधिकार केन्द्रले शुक्रबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा विश्व मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरेको शुभकामना आदान–प्रदान एवं विचार गोष्ठी कार्यक्रममा यस्तो आह्वान गरेको हो ।

कार्यक्रममा मानव अधिकार केन्द्रले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘आजको मानव अधिकार भनेको विश्वव्यापी चासो र सरोकारको विषय मानिन्छ । जस्तै, रुस, युक्रेन, इजरायल र हमास लगायत विश्वका ठूला साना राष्ट्राहरु बीच चलेको द्वन्द्व संघर्षमा मानव अधिकारको घोर उल्लंघन भइरेको छ ।’

तत्कालीन ने.क.पा. (माओवादी) र नेपाल सरकार बीच भएको विस्तृत शान्ति सम्झौताको महत्वपूर्ण भाग संक्रमणकालीन न्यायको माध्यमबाट पीडितले न्याय प्राप्त गर्न कार्यभार बाँकी नै रहेको भन्दै अविलम्ब द्वन्द्व पीडितलाई न्याय दिलाउन र छानबिनबाट दोषी देखिएमा कारबाही गर्न अपिल गरेको छ ।

यसैगरी, मानव अधिकार केन्द्रले भनेको छ, ‘हामी विश्व मानव अधिकार दिवस मनाइरहँदा भर्खरै जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा लगायत अन्य जिल्लामा आएको महाभूकम्पको कारण ठूलो जनधनको क्षति भई चिसोको कारण त्यहाँको सर्वसाधारण जनता, ज्येष्ठ नागरिक, बालबालिका, शिशु गम्भीर प्रकृतिका रोग लागि अकालमै मृत्यु भइरहेको अवस्था छ ।

त्यो संख्या झन् बढ्ने सम्भावना रहेकोले यथाशक्य नेपाल सरकार र अन्तर्राष्ट्रिय स्तरबाट चाँडै समस्याको समाधान गर्न हामी सम्बन्धित सबै सरोकारवाला पक्षसँग हार्दिक अपिल गर्दै विश्वका सबै मानव जातिमा विश्व मानव अधिकार दिवसको सन्दर्भमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणसम्बन्धी फरक–फरक रिपोर्ट