सिन्धुली । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स निर्माण क्षेत्रको अवलोकन गरेका छन ।
सुनकोशी मरिण डाईभर्सनले रामेछापतर्फको आयोजनाको निर्माण स्थलमै केपी ओलीलाई आयोजनाको प्रगति र समस्याका ’boutमा जानकारी समेत गराईएको छ ।
नेकपा एमालेको झुलाघाट चिवाभञ्ज्याङ मध्यपहाडी राजमार्ग संमृद्धिका लागि संकल्प यात्राका क्रममा ओली नेतृत्वको टोलीले आयोजना स्थलमा अवलोकनका साथै आयोजनाको प्रगतिका ’boutमा जानकारी लिएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री हुदा शिलान्यास गरेको आयोजनाको काम तिव्र गतिमा भईरहेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालले आयोजनाको २५ प्रतिशत काम सकिएको जानकारी गराए । उनले आयोजनामा बजेटको कमीले कामले उच्च गति लिन नसकेको समेत जानकारी गराएका छन । बरालले आयोजनाको चालु आर्थिक वर्षको बजेट ४ अर्व ३९ करोड ५४ लाख रहेको र यो वर्षको लागि ११ अर्व २७ करोड ९० लाख बजेट आवश्यक भएको बताए । उनले अब आयोजनाले टिविएम लाई समेत रकम तिर्न सक्ने अवस्था नरहेको बताए ।

बरालले सुरुङ निर्माणको काम ७८ प्रतिशत सकिएको जानकारी दिएका छन । सुरुङ खन्ने काम करिब साढे १० किलोमिटर सकिएको पनि उनले बताए ।
भौगोलिक समस्याका कारण सुरुङ खन्ने मेसिन ४ पटक रोकिएको बरालले ओलीलाई जानकारी गराए । चौथो पटक पहरोका कारण १३ दिनदेखि काम रोकिएको पनि उनले जानकारी दिएका छन । कम्पेक्स भौगोलिक अवस्थाका कारण समस्याहरु आईरहेको र यो भुगोलमा टनेल बनाउन सफल भएमा नेपालका सबै भुगोलमा सुरुङ निर्माण गर्न सकिने अनुभव प्राप्त हुने समेत बरालले जानकारी गराएका छन ।
आयोजनामा रहेका समस्याका ’boutमा समेत बरालले जानकारी गराएका छन । उनले बार्षिक बजेटको समस्या, नयाँ आयोजना भएकाले अनुभवको कमी, निर्माण सामग्री ढुवानीमा समस्या, लामो सुरुङ, सवारी साधनको अभाव, स्थानीय मागहरु, मदनभण्डारी राजमार्गको मुआब्जा, मरिण नदी नियन्त्रण, अन्य भौतिक संरचनाहरुको निर्माण लगाएतका समस्याहरु रहेको बताएका छन । एमालेको मध्यपहाडी राजमार्गको समृद्धिमा लक्षित यो आयोजना प्रमुख रुपमा रहेको छ । आयोजनाको अवलोकन भएसँगै नेकपा एमालेको टोलीले खुर्कोटमा आयोजित कार्यक्रममा सहभागि भएको छ । खुर्कोटमा कलाघर सिन्धुलीको टोलीले खैजडी भजनमार्फत केपी ओलीको स्वागत गरेको छ भने पत्रकार शेषराज दाहालका दुई पुस्तकको विमोचन गरियो भने समृद्धिको यात्राका क्रममा जिल्लाका विकासका सवालमा नेकपा एमाले सिन्धुलीका अध्यक्ष कुमार बहादुर कार्कीले माग पत्र पेश गरेका छन । यस्तै अन्य संघसंस्थाहरुले समेत माग पत्र पेश गरेका छन ।
यस्तै सिन्धुलीको टोलीले स्वागत गरेका छन भने ओलीले जिल्लाका संस्थापक नेताहरुलाई सम्मान समेत गरेका छन । ओलीले कलाघर सिन्धुलीका टोलीसँग भजनमा खैजडी बजाएर नाचेका छन । साथमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलले समेत भजनमा नृत्य गरे ।
टोली खुर्कोटको कार्यक्रम सकि ग्वालटारमा गोलञ्जोर गाउँपालिकाले ओलीको टोलीलाई स्वागत गरेको छ । प्रजातान्त्रिक स्वतन्त्रता सेनानी सहिद बाबुराम बरालको शालिकमा माल्यार्पण गरि हर्कपुर कार्यक्रमका लागि टोली अगाडि बढेको छ । एमाले कार्यकर्ताले ठाउँ ठाउँमा एमालेको अभियान टोलीलाई स्वागत गरेको छ ।






