बर्दिया । पाटे बाघको आक्रमणबाट एक बालकको ज्यान गएको छ । बारबर्दिया नगरपालिका– ४ बैरिया गाउँका ११ वर्षीय बालक सुमित थारुको पाटे बाघको आक्रमणबाट शनिबार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
जिरा सामुदायिक वनको बाटो भएर बबई नदीमा नुहाउन जाँदा सुमितलाई बाघले आक्रमण गरेको थियो । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि आरसी थारु मेमोरियल अस्पताल जयनगर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विगत केही महिनायता बैरियालगायत आसपासका गाउँमा बाघको त्रास बढेको छ । बाघले गाउँ पसेर बाख्रा, सुँगुरलगायतका जनावर मार्दै आएको स्थानीय रामशंकर थारुले बताए । बाघको आक्रमणले बालकको मृत्यु भएपछि बैरिया गाउँलगायत आसपासका मानिस त्रसित भएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)






