राजविराज । सात महिनादेखि बेपत्ता भएकी सप्तरीकी एक किशोरीको रहस्यमय मृत्यु भएको छ । गत २० जेठदेखि बेपत्ता भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–४ बेल्हा टोल निवासी रमेशकुमार यादवकी १५ वर्षीया छोरी दीपाको रहस्यमय मृत्यु भएको हो ।
परिवार भन्छन् : हत्या नै हो, प्रहरीले पनि बेवास्ता गरेको थियो
उनको मृत शरीर बिहीबार भारतको राजधानी नयाँ दिल्लीस्थित लाजपत नगरमा एउटा कोठाभित्र फेला परेको छ । सो कोठा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–६ बथनाहा टोलका २१ वर्षीय रोशनकुमार मण्डलले भाडामा लिएको खुलेको छ ।
दीपाको शव फेला परेको’bout दिल्ली प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई जानकारी गराएपछि आफूहरूले थाहा पाएको मामा चन्द्रशेखरले बताएका छन् ।
घटना’bout खबर पाएपश्चात् दिल्ली पुगेका आफन्तले प्रहरी प्रक्रिया पूरा भएपश्चात् शनिबार शव बुझेर उतै अन्तिम संस्कारसमेत गरेका छन् । पोस्टमार्टम रिपोर्ट केही दिनपछि आउने र त्यसपछि थप कानुनी प्रक्रिया अघि बढ्ने भारतीय सुरक्षा अधिकारीहरूले बताएको दिल्ली पुगेका मृतक किशोरीका बाबु रमेशले जानकारी दिएका छन् ।
सो कोठा भाडामा लिने रोशनलाई दिल्ली प्रहरीले पक्राउ गरिसकेको तथा हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको समेत उनले जानकारी दिएका छन् ।
प्रारम्भिक बयानमा रोशनले दीपाले आत्महत्या गरेको भनी बयान दिए पनि किशोरीका आफन्तले अपहरणपश्चात् दीपाको हत्या नै गरिएको दाबी गरेका छन् । हत्या लुकाउन रोशनले आत्महत्या गरेको देखाउने प्रयास गरे पनि शव बरामद भएको स्थानमा आत्महत्याको कुनै संकेत फेला नपरेको दिल्ली प्रहरीलाई उद्धृत गर्दै बुबा रमेशले बताएका छन् ।
उनका अनुसार गत २० जेठको राति ११ बजेतिर अत्याधिक गर्मी भई परिवारका सदस्यहरू घरबाहिर निस्की डगरमा हिँडडुल गरिरहेका बेला दुईवटा भारतीय नम्बरको मोटरसाइकल चढेर रोशनसहित आएका चार जना युवाले हतियार देखाउँदै दीपालाई जबर्जस्ती मोटरसाइकलमा राखी लगेका थिए ।
यस’bout प्रहरीलाई तत्कालै जानकारी गराउँदा पनि सक्रियता नदेखाएको र चोरबाटो प्रयोग गरी छोरीलाई अपहरण गरी सीमा कटाएर भारततर्फ भाग्न सफल भएको बाबु रमेशको गुनासो छ ।
घटनाको भोलिपल्टै २१ जेठमा आफूले रोशनसहित चार जनाविरुद्ध अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र मानव बेचबिखनसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिने प्रयास गरे पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको उनको कथन छ । त्यसपछि हुलाकबाट पनि जाहेरी दरखास्त पठाएको उनले बताए ।
तर, पनि प्रहरीले खासै चासो नदेखाउँदा न्यायका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाउँदै उच्च अदालत जनकपुर–राजविराज इजलासमा पुगेपछि गत १२ असोजमा विपक्षीको नाममा परमादेशसमेत जारी भएको उनले जनाएका छन् ।
न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र विमल सुवेदीको संयुक्त इजलासद्वारा विपक्षीका नाममा जारी आदेशमा पीडितको जाहेरी दरखास्त सनाखत गरी जे जो बुझ्नुपर्छ बुझी आवश्यक निकास दिनु भनी उल्लेख गरिएको थियो । तर, अदालतको सो आदेश जारी भइसक्दा पनि प्रहरीले समयमै आवश्यक पहल नगर्दा यस्तो दुःखद घटना हुन गएको मृतकका आफन्तजनको गुनासो छ ।
जन्मदर्ता समेतको आधारमा १५ वर्ष पुगेको दीपा राजविराजस्थित रोज पब्लिक स्कुलमा कक्षा १० मा अध्ययनरत थिइन् । यसै वर्ष एसईई परीक्षा दिएकी उनको अपहरणपछि एक महिनाअघि गाउँमा पञ्चायतीसमेत बसेको गाउँलेहरूले बताएका छन् । पञ्चायतीमा रोशनका अभिभावकले रमेशको छोरी भारतमा सुरक्षित रहेको र आठ दिनभित्र सकुशल जिम्मा लगाइदिने लिखित प्रतिबद्धता जनाएका थिए ।
तर, रोशनका अभिभावकले सो प्रतिबद्धता पूरा नगरेको र अचानक दीपाको मृत्यु भएको खबर सुन्नु परेको स्थानीयवासी सन्तोषकुमार यादवले बताए । दीपाको मृत्यु भइसकेपछि सो घटनामा संलग्न चार जनाविरुद्ध पीडित परिवारले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिने तयारी गरेको मामा चन्द्रशेखरले सुनाए ।
घटना’bout सत्यतथ्य बुझी चाँडोभन्दा चाँडो दोषीलाई कारबाही गर्न पीडित परिवारले माग गरेका छन् । पीडित पक्षलाई कानुनी सहायता उपलब्ध गराइरहेका अधिवक्ता विनोदकुमार पाण्डेले समयमै प्रहरी चनाखो बनेको भए यस्तो पीडादायी घटना नहुने बताए ।
‘जुन माध्यमबाट भए पनि जाहेरी दरखास्त आइसकेको स्वीकार गरिसकेको अवस्थामा परमादेशको आदेश नै पर्खेर नबसी प्रहरीले तत्काल सक्रियता देखाएको भए यादव परिवारले यस्तो पीडाको सामना गर्नुपर्ने थिएन,’ अधिवक्ता पाण्डेले भने, ‘यस्ता प्रकृतिका घटनामा प्रहरी गम्भीर र सक्रिय बन्नुपर्छ, जसबाट भविष्यमा यस्ता घटना पुनः दोहरिन पाउँदैन ।’
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी ढुण्डिराज नेउपानेले किशोरीलाई जबर्जस्ती भारततर्फ लगेको घटनाको समयमा आफूहरू जिल्ला प्रहरी कार्यालय सप्तरीमा नरहेको बताउँदै सरुवा भएर सप्तरी आएपछि घटना’bout खोजी तथा अनुसन्धानमा सक्रिय भई लागेको दाबी गरेका छन् । उनले किशोरीको शव भेटिएको र यस’bout भारतीय प्रहरीले पोस्टमार्टम प्रतिवेदन पठाएपछि विद्यमान कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने जनाएका छन् ।
‘हामी निरन्तर भारतीय प्रहरीसँगको सम्पर्कमा छौं,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि थप कारबाही अघि बढाउनेछौं ।’