काठमाडौं । थारू समुदायको नाट्यकर्मी विजयकुमार चौधरीले समाजमा जातीय विभेद निकै भोग्नुप¥यो । त्यो विभेदलाई उनले यति बेला नाटकका रूपमा रंगमञ्चमा प्रस्तुत गरेका छन् । विजयको निर्देशनमा नयाँ नाटक
‘झिम्के मामा’ केही दिन यताबाट काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा हरेक साँझ (सोमबार बाहेक) पाँच बजेबाट मञ्चन हुँदै आएको छ ।
समाजमा केही गर्नुपर्छ, सबैको सामाजिक दायित्व हुनुपर्छ भन्ने सकरात्मक सोचको झिम्के मामाको कथा यो नाटकमा प्रस्तुत गरिएको छ । आफ्नो काम आफैंले गरेको खण्डमा जो पनि सफल हुन्छ भन्ने सन्देश नाटकले दिन खोजेको छ ।
नाटकमा झिम्के मामालाई दलितका रूपमा प्रस्तुत गरिएको छ । उनमाथि हुने छुवाछुत र विभेदको कथा यसमा निकै मार्मिक रूपमा उठाइएको छ । उनको सुन्दर कामको प्रसंशा गरिए पनि जातीय रूपमा उनलाई तुच्छ मान्ने समाजमा रहेको पनि नाटकमार्फत दर्शाइएको छ । दलित भएकै कारण झिम्केजस्ता हजारौं प्रतिभावान् व्यक्ति कुण्ठित हुनुपरेको पनि यो नाटकमार्फत देखाइएको छ ।
झिम्के मामाको काम र बाँसुरीको सुरिलो धुनले रमाउने एक वस्तीमा एक दिन झिम्केको मृत्यु हुन्छ । त्यो मृत्युले सबैको आँखा रसाउँछ । नाटकमा प्रदीपकुमार चौधरीको काम निकै आकर्षक छ ।