हनी ट्रयापमा पार्न खोज्ने पोखराका ३ युवक पक्राउ

पोखरा । केटीको नामको फेसबुक आईडी बनाई हनी ट्रयापमा पार्न खोजेको आरोपमा ३ जना युवक पक्राउ परेका छन् । चितवन प्रहरीको सहयोगमा उनीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा २९, तालचोकका २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर १३, टाँडीका २० वर्षीय प्रवेश रिमाल र सिरहाको लाहान १, रमाद मटियवराका २१ वर्षीय युनिक सिंह हुन् ।

उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा केटीको नामको नक्कली फेसबुक बनाई पुरुष व्यक्तिलाई साथी बनाई अश्लील भिडियो देखाएर हनी ट्रयाप पार्न खोजेको अभियोग छ । जसमा उनीहरुले अश्लील भिडियो स्क्रिन रेकर्ड गरिसकेपछि रकमको बार्गेनिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गरिदिने धम्की दिँदै आएको सूचना आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार बिकले बताए ।

उनीहरुलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर र विद्युतीय अपराधसम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल