‘नजाने भो हाम्रो दुःख’मा गरिबीको व्याथा

काठमाडौं । गायक शिशिर योगीको स्वरमा राष्ट्रिय भावको नयाँ गीत ‘नजाने भो हाम्रो दुःख’ दर्शकमाझ आएको छ । बुधबार काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियोलाई अग्रज गीतकार राजेन्द्र थापा, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा तथा यो गीतका विभिन्न कलाकारहरुले सँयुक्त रुपमा बिमोचन गरे ।

यो गीतमा अहिलेको मुलुकमा बढ्दो गरिबी, बेरोजगारी र रोजगारीका कारण युवाहरु खाडी मुलुक जाँदा गाउँ रित्तिएको समस्यालाई प्रस्तुत गरिएको छ । गीतलाई नारद पोखरेलले लेखेका हुन भने प्राज्ञ ज्योती प्रकाशले यसमा संगीत गरेका हुन् । जसमा नरेन्द्र बियोगीको संगीत संयोजन, महेश्वमान राजभण्डारीको मिक्सिङ रहेको छ ।

गीतको शब्द अनुसारको भिडियो बनेको अग्रज गीतकार राजेन्द्र थापाले कार्यक्रममा बताए । यो गीत र भिडियोले एकपटिक हाम्रो मुलुकले बेरोजगारीका कारण कस्तो समस्या भोगिरहेको छ भन्ने कुरा दर्शाएको पनि उनले बताए ।

गीत र भिडियोको ’bout यसका संगीतकार, गीतकार र गायकले कार्यक्रममा प्रकाश पार्दै मुलुकको नीति निर्माण गर्नेहरुको ध्यान यो गीत र भिडियोमा जाओस भनेर गरिबीको समस्या उठाएको उनीहरुले बताए ।

दीपेन्द्र प्रकाश केसीले निर्देशन गरेको यो गीतको भिडियोमा सुरबीर पण्डित, रश्मी भट्ट, राजेन्द्र मान्डव्य लगायतको अभिनय छ । गाउँमा गाईनेले सारँगी बजाउँदै देशको गरिबीको अबस्था बताएको दृष्य यो गीतको भडियोमा समेटिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

संघीय अदालतद्वारा नेपालसहित ७५ देशका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको भिसा प्रतिबन्ध खारेजका लागि आदेश