काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालमा मनलाग्दी २० करोड लगानी नगर्ने बताएका छन् । नेपाल–भारतबीच बिहीबार भएको सम्झौताअनुसार भारतले नेपाल आफू खुसी २० करोड रुपैयाँँ खर्च गर्न सक्ने भनिएका बेला प्रधानमन्त्री प्रचण्डले भारतले पालिकामार्फत २० करोड रुपैयाँ लगानी पालिकामार्फत गरिने उनले जानकारी दिए ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले ३ करोडबाट सुरु भएको २० करोड पु¥याइएको लगानी गर्ने उक्त रकम पालिकामार्फत गरिने बताए ।
“तीन करोडबाट सुरु भएर पाँच करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो, तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन, प्रक्रिया छ । नगरपालिकाबाट गर्ने हो । तर, उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बढी व्यावहारिक बनाउन लागिनेछ,’ उनले भने ।
तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)






