‘धरान डे’ मा अतिथि बने बालेन

इटहरी । ‘धरान डे’ मा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) अतिथि बनेका छन्। शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवमा मेयर बालेन अतिथि बनेर मन्चमा देखिएका छन् ।

गत हप्ता काठमाडौँ पुगेर धरान उपमहानगरपकालिकाका प्रमुख हर्क साम्पाङले बालेनलाई भेटेर ‘धरान डे’ मा आउन निम्तो दिएका थिए। उपमहानगरपालिकाले स्थानीय पब्लिक हाई स्कुलको मैदानमा ‘धरान डे’ कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमका आउनको लागि धरानका मेयर साम्पाङले र उपमेयर अईन्द्र विक्रम बेघाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिको रुपमा निम्तो दिए पनि प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने बताएपछि मेयर साम्पाङ आक्रोशित बनेर संघीय सरकारले असहयोग गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका थिए।

धरान उत्सव २०८० को अवसरमा शनिबार बिहान ६ बजेबाट हुने साइकलिङ्ग यात्रा हुने छ भने धरान उमनपाको प्राङ्गणबाट उद्घाटन भएर पानीट्याङ्की,मंगल’bout,रत्नचोक,बुद्धचोक,दुर्गाचोक,पुतलीलाइन,भानुचोक,छाता चोक हुँदै नगरपालिका प्राङ्गणमा पुगेर समापन हुने उपमहानगरपकालिका जनाएको छ। धरान-१२ पब्लिक हाइस्कुलको खेलमैदानमा विवध कार्यक्रमहरु सहित ‘धरान डे’ ५ दिनसम्म चल्नेछ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास