दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड रोकायालाई

कालिकोट । दोस्रो जीवन्त नेपाल म्युजिक अवार्डमा पदम रोकाया उत्कृष्ट म्युजिक कम्पोजर भएको छन् । अग्लेश्वरी हिल्स विकासकोषको आयोजनामा पौष २३ गते काठमाडौंको राष्ट्रिय नाचघरमा संस्कृति पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटासहित विभिन्न अग्रज कलाकारले समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।

जुन गीत अत्यन्त लोकप्रिय समेत भएका थिए । संगीत र शब्दमा ख्याति कमाएका रोकाया एक कुशल गायक पनि हुन् । करिब ८ सयभन्दा बढी गीतमा संगीत, शब्द र स्वर भरिसकेका रोकायाका माया गर्ने जीवन साथी, तिमीदेखि टाढा, जिन्दगीमा तिमी थियौ, मेरो दिलको राजा, तिम्ले घृणा गरेपनी, मुटु भित्र, धोका दिने धोके बाज, जुम्ला कालिकोटजस्ता दर्जनौ सुपरहिट गीतहरु बजारमा आजका दिनसम्म पनि उतिकै लोकप्रिय छन् ।

कर्णाली कलाकार समाजको अध्यक्षसमेत रहेका रोकाया तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९को आयोजक समिति अध्यक्षको भुमिका निर्वाह गर्दै नेपाली संगीतको उच्चपदमा समेत रहेर काम गरिसकेका छन् ।

रोकाया नेपाल सरकारको राष्ट्रिय पुरस्कार २०७५ द्वारा सम्मानित, म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४, नेसनल पावर नुज म्युजिक अवार्ड, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड, रारा साहित्य प्रतिष्ठान स्रटा सम्मान २०७६ आदि पुरस्कार सम्मानबाट सम्मानित भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 443 times, 1 visits today)

epaper

ताजा समाचार

ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका जोशी पक्राउ