दोलखा महोत्सव सम्पन्न

दोलखा । दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको ‘दोलखा महोत्सव–२०८०’ दैनिक ५० लाखको कारोबार गर्दै हिजो मंगलबार सकिएको छ । करिब एक लाख नागरिकले अवललोकन गर्दै बृहत दोलखा महोत्सवको सम्पन्न भएको हो ।

पुस १३ गतेदेखि पुस २४ गतेसम्मका धुुमधामकासाथ महोत्सव चलेको थियो । यस पटक स्थानीय उद्योगी ब्यापारी तथा होटल ब्यबसायीले बढी महोत्सवबाट फाइदा पुगेको बताइएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका नगर उपाध्यक्ष सुरकृष्ण वैधले मेला, महोत्सवले मुलुकमा सुस्ताएको व्यापार, व्यवसायमा थोरै भए पनि चहलपहल बढाएको बताए । महोत्सवले स्थानीय ब्यापारमा थप उर्जा ल्याएको छ वैधले भने ।

कार्यक्रममा बोल्दै पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले महोत्सवले साना घरेलु व्यवसायी, उद्यमी र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुराएको छ , यसलाई निरन्तरता दिन जनप्रतिनिधिहरु आगामी दिनमा योजना बनाएर अघि बढ्न आग्रह गरे ।

आयोजक दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले महोत्सवमा दैनिक ५० लाखका दरले कारोवार भएको र करिब एक लाखको हाराहारिमा अवलोकन गरेको दावी गरेका छन् । आगामी वर्ष २०८१ सालको कार्तिक ३० देखि मंसिर १५ गतेसम्म पनि महोत्सवका आयोजना गर्ने जानकारीसमेत दिएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 294 times, 1 visits today)

epaper

ताजा समाचार

सडक आयोजनाको ठेक्कामा अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर