प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छन् । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले भट्टचनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

गत आइतबार काठमाडौंमा सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारण सभाले भट्टचनलगायत ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको थियो । मंगलबार सर्वसहमतिबाट अध्यक्षमा चयन भएसँगै भट्टचन जीवन बिमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्ष हुन सफल भएकी छन् । करिब ३३ वर्षकी भट्टचन व्यापारी तथा सांसद देवीप्रकाश भट्टचनको छोरी हुन् । यसअघि उनी प्रभु इन्स्योरेन्स कम्पनीकी पूर्वसञ्चालक थिइन् ।

कम्पनीको गत आइतबार सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट चार जना र सर्वसाधारण सुेयरधनीका तर्फबाट दुई जना सञ्चालक सर्वसम्मत निर्वाचित भएका थिए ।

सो साधारण सभाले कम्पनीको संस्थापक सेयरधनी समूहबाट अध्यक्ष भट्टचन (प्रतिनिधि नेपाल इन्भेस्टमेन्ट प्रालि), वीरेन्द्रजंग पाण्डे (प्रतिनिधि ज्योति विकास बैंक लिमिटेड), सुशन शेरचन र सम्झाना अर्याल निर्विरोध निर्वाचित भएका थिए ।

यसैगरी, सर्वसाधारण सेयरधनीको समूहबाट २ जना सञ्चालक ज्योति शेरचन (प्रतिनिधि नेपाल होल्डिङ प्रालि) र शंकर गौतम (प्रतिनिधि लिबर्टी होल्डिङ प्रालि) निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल