भारतीय गणतन्त्र दिवसमा फलफूल वितरण

बारा । बारामा भारतीय गणतन्त्र दिवसको अवसरमा फलफूल वितरण गरिएको छ । कलैया प्रादेशिक अस्पतालमा भारतको ७५ औ गणतन्त्र दिवसको अवसरमा फलफूल वितरण गरिएको हो ।

नेपाल भारत मैत्री संघ मधेश प्रदेश र जिल्ला कार्य समितिको सहकार्यमा प्रादेशिक अस्पताल कलैयामा रहेको विरामीहरूलाई फलफूल वितरण गरिएको सचिव पवन अग्रवालले जानकारी गराएका छन् । दुई देश बीचको भाईचारा कायम राख्न संघले भारत अजाद भएको सम्झनामा गणतन्त्र दिवस मनाउदै आएको उनले बताए ।

नेपाल भारत मैत्री संघका जिल्ला अध्यक्ष हिरालाल साहले आफुहरु भारतको गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउदै आएको जानकारी गराए ।

भारतसंग रोटी बेटीको सम्बन्ध रहेकोले भारतको सुख दुखमा आफुहरू सदैव साथ रहने अध्यक्ष साहले बताए । ७५ औ गणतन्त्र दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयामा रहेको विरामीहरूलाई फलफूल वितरण गरि हर्षोल्लासका साथ मनाएको उनले बताए ।

फलफूल वितरण कार्यक्रममा नेपाल भारत मैत्री संघ मधेश प्रदेश सचिव पवन अग्रवाल, जल्ला अध्यक्ष हिरालाल साह, अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रकाश चौगाई, विजय जैयसवाल, पवन व्याप्त, दिनेश कुशवाहा, सतनरायण कुशवाहा, विन्देशवरी वर्मा, अजय सरार्फ लगायत अस्पतालका इन्चार्ज प्रदिप यादव लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००