महाप्रसाद अधिकारी १७ औं गभर्नर नियुक्त

काठमाडौं । लगानी बोर्डको प्रमुख पदमा रहेका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी ५ वर्षे कार्यकालको लागि अधिकारीलाई गभर्नर बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिद्मा अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको समितिले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वअर्थसचिव डा. राजन खनालको नाम पनि लगेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीलाई छानेका हुन् ।

अधिकारी १६औं गभर्नर सिफारिस गर्दा पनि ३ जनाको सूचीमा परेका थिए । राष्ट्र बैंकको जागरिबाट अवकाश पाएको ४ वर्षपछि आगामी ५ वर्ष काम गर्न अधिकारी राट्र बैंक पुग्न सफल भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,010 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढी अपडेट : ६ सय २६ जनाको शव फेला, २ हजार ४२६ जना अझै सम्पर्कविहीन