बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड

राजविराज । बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षण र उनीहरुलाई सक्षम बनाउन राज्यसँगै अभिभावकले पनि भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।

बौद्धिक अपाङताका अभिभावक महासंघ नेपालको आयोजना, लेभ द इन्क्लिुजन डेनमार्कको सहयोग तथा बौद्धिक अपाङताका अभिभावक संघ सप्तरीको समन्वयमा आयोजित दुई दिने नीति, निर्माण कार्यशालाको समापन पश्चात् बुधबार आयोजित कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा बौद्धिक अपाङगताका अभिभावक महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजु बस्नेतले अपाङगता भएका व्यक्तिलाई परिवार वा अन्य कुनै पनि व्यक्तिबाट अमानविय र अपमानजनक व्यवहार गर्न नहुनेमा जोड दिँदै यसका लागि अभिभावक र राज्य दुबै गम्भिर बन्नु पर्ने बताए ।

यदी समाजमा कतै यस्तो घटना भइरहेको छ भने खबरदारी गर्न र समुदायस्तरमा सचेतनासँगै सरोकारवाला निकायमा जानकारी गराउनु पर्ने उनको आग्रह थियो ।

बौद्धिक अपाङगताका अभिभावक संघ सप्तरीका अध्यक्ष जगदीश प्रसाद अर्यालले अपाङ भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान रुपमा आफ्नो परिवार वा आफूले छनौट गरेको वासस्थानमा बस्ने अधिकार भएको भन्दै त्यस्तो व्यक्तिलाई कुनै खास स्थानमा बस्नका लागि बाध्य पारिनु कानुनले निषेध गरेको भन्दै यसतर्फ सबै अभिभावक सजग रहनु पर्ने बताए ।

दुई दिनसम्म चलेको कार्यशालामा बौद्धिक अपाङगता भएका व्यक्तिका २५ जना अभिभावक सहभागि थिए । उनीहरुलाई महासंघका राष्ट्रिय अध्यक्ष बस्नेतले बौद्धिक अपाङगता भएका व्यक्तिको संरक्षण, सुरक्षा, राज्यमा पहँुच तथा व्यवस्थापन ’bout आवश्यक तालिम प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

epaper

ताजा समाचार

जसले पाए करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार