दैलेख । फियान नेपाल, जिल्ला खाद्य अधिकार सन्जालले जिल्ला प्रशासन कार्यालय दैलेखलाई ज्ञापन पत्र बुझाएको छ । हिजो आइतबार कार्यालयमा पुगेर जिल्ला खाद्य अधिकार सन्जा, फियान नेपालको अगुवाईमा ज्ञापन पत्र बुझाएको हो ।
दैलेख सदरमुकाममा रहेका होटलमा भएका खाना नास्ता प्रभावकारी बनाउन, होटलमा सरसफाइमा ध्यान नदिएको पाइएकाले ज्ञापन पत्र बुझाएको जिल्ला खाद्य अधिकार सन्जाल दैलेखकी सदस्य, सेतो गुराँस बालविकास सेवा, दैलेखकी निर्देशक राधा मल्लले बताइन् ।
यस्तै नारायण नारायण नगरपालिकिा वडा नं –१ नमुना बस्तीमा जथाभावी फालिएको अखाद्य बस्तुहरुको व्यवस्थापनको लागी ज्ञापन पत्र बुझाएको बताएको छ । ज्ञापन पत्र भनिएको छ, अखाद्य बस्तुको व्यवस्थापन, बजार अनुगम गर्न आग्रह समेत गरिएको छ ।
जिल्लाका बिभिन्न स्थानमा अखाध्य बस्तुको बिक्री भएको,तोकिएको मुल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने सुचनाको आधारमा जिल्लाप्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय लगाएतका सम्बन्धित निकायहरुले बजार अनुगमनलाई तीब्रता दिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
अनुगमनका क्रममा होटलले आवश्यक सरसफाईको गर्न आग्रह गरिने यदि सरसफाई नभएको पाएमा कारबाही गरिने समेत उनले बताए ।अनुगममा सम्बन्धित पालिकाले पनि चासो राख्नुपर्नेे उनले जानकारी दिए ।






