माघमै फुल्यो मुगुमा लालीगुराँस

मुग । मुगुको उच्च पहाडी क्षेत्रको बनपाखामा चैत्र–बैशाखमा फुल्ने लालीगुराँश यस बर्ष माघ महिनामै फुलेर ढकमक्क भएका छन ।

गुराँश फुल्ने खासै फागुन महिनाको अन्तिम सातामा पालुवा पलाएर चैत्र, बैशाखमा फुल्ने गरे पनि माघको दोस्रो सातामै गुराँश फुले पछि यहाँका स्थानीय अचम्मित भएका छन । गएका बर्ष मुगुका बनपाखामा चैत्रमा लालीगुराँश फुल्ने गरेको भए पनि माघमै बनमा लाली गुराँस फुलेको देख्दा आफु अचम्मै परेको छायानाथ रारा–१० गाडापानीका सिगबहादुर सावतले बताए ।

गत बर्षहरुमा मुगुमा अत्याधिक हिउपर्ने गरे पनि खासै यो बर्ष पुष, माघमा मुगुमा सन्तोष जनक हिउँ पनि नपरेको र जसका अलवा जलवायु परिर्वतनका कारण गएका केही बर्षयता बनको जैविक विबिधतमा पनि असर पार्दै गएपछि यहाँका बनपाखामा लालीगुराँश मात्र नभई बोटविरुवामा पनि फागुनमा पालुवा पलाउने गरे पनि केही जङगली बोटहरुमा पनि माघ महिनामै पालुवा पलाउन थालेका छन् ।

जलवायु परिर्वतनकै कारण मुगु जिल्लाकै अधिकांश बस्तीहरुको बारीमा एउटै बारीमा स्याउ, केरा, कागती निमुवा जस्ता फलहरु पनि फल्ने गरेको देखीन्छ ।

जिल्लाका उच्च भेग र बनपाखामा माघको दोस्रो सातामै फुल फुलेर ढकमक्क भएका यि बनपाखामा विभिन्न लालीगुराँसका प्रजाती फुल्न थालेका हुन । जिल्लाका रोवा, चरापलगायतका दर्जनौ वनपाखामा लालीगुराँश फुलेको देखिन्छ ।

विशेष गरेर मुगुमा लालीगुराँश फुल्ने समय भनेको चैत्र महिनाको पहिलो वा दोस्रो सातामा विगतका बर्षमा फुल्ने गरेको भएपनि तर यस बर्ष भने माघको दोस्रो सातामै फुलेको पाईएको छ ।

मुगुका बनपाखामा अन्य जैविक बस्तु र बनका पाखामा पाईने बोट विरुवा पनि परक हुदै पालुवा पलाउन थालेको पाइएको छायानाथ रारा १० का सिग सावतले राजधानीलाई बताए ।

पछिल्लो समयमा मुगुका हिमालहरुमा पनि गतिलो गरेर हिउँ नर्पनु र हिउँ, पानी समयमा नपर्दा पनि यसका असरले गर्दा बनपाखामा फुल्ने, फुललगायतका वनस्पतिहरुमा आउने परिवर्तन भएको जानकारहरु बताउँछन । साथै जिल्लाका केही ठाउँमा र बस्तीहरुमा एउटै बारीमा स्याउ,कागती,सुन्तला, केरा फल्ने पनि गरेको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जमा मेयरका लागि १२ जनाको उम्मेद्वारी दर्ता