प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक दुस्कर्म

सिरहा । सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक दुस्कर्म परेकाे घटना बाहिरिएको छ। 

प्रेमीले ‘सरस्वती पूजा र भ्यालेन्टाइन डे’को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक दुस्कर्म गरेको घटना बाहिरिएको हो। 

बालिका दुस्कर्म गरेको आरोपमा  बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेशकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई अन्यकाे खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा  बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्रराज पाण्डे जानकारी दिए ।

निकेशले किशोरीलाई लहान १ स्थित अरुण कुमार यादवको डेरामा लगेर बुधबार अपरान्ह ललाई फकाई जबरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउनासाथ परिवारले उजुरी दिएका थिए ।  बालिका रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एकजनाले आफन्तलाई खबर गरेका थिए ।

किशोरीको उपचार विराटनगरमा भइरहकको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घटना’bout थप अनुसन्धान भइरहेको जनाएको छ।  

तपाइको प्रतिक्रिया
(Visited 553 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले टुंगायो सबै उमेदवार, भोली मनोनयन