सरुभक्तका ६ बालपुस्तक लोकार्पण

पोखरा । साहित्यकार सरुभक्तका ६ बालपुस्तकको एकसाथ लोकार्पण गरिएको छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलका अवसरमा बालपुस्तक लोकार्पण गरिएको हो ।

उपन्यास ‘अध्याँरो कोठा’, नाटकसंग्रह ‘राक्षस र बालबालिका’, चित्रकथा ‘गाँडाहरूको गाउँ’, ‘पशुपक्षीको जुलुस’, कथासंग्रह ‘नातिका कथा’, ‘झ्याउँ झ्याउँ झ्याँकिरी’ कवितासंग्रह लोकार्पण भएको हो ।

सरुभक्तसँगै साहित्यकार ध्रुव घिमिरे, बालपाठक मनुषी भण्डारी, पुस्तकका चित्रकार पल्पसा मानन्धर, अर्पिता शाक्य र प्रकाशन गृह परिचय पब्लिकेसनका निर्देशक दीपेन्द्र भट्टले पुस्तकको लोकार्पण गरे । लोकार्पण भएको ‘अध्याँरो कोठा’को केही भाग यसअगावै प्रकाशन भएको थियो ।

बाल्यकालमा सुनेका कथा कविता गीतबाट आफू आकर्षित भएर साहित्यमा लागेको सरुभक्तले बताए । बालबालिकाको साहित्यमा अभिरुचि हुने भएकाले बाल सहित्यका कृति सिर्जना गर्ने उनको भनाइ छ । ‘म आफैंलाई बालक उमेरदेखि नै बालसाहित्यमा अभिरुचि हुन्छ भन्ने मनभित्रबाट भावना उत्पन्न भएको थियो । त्यो भावनाको कारणले बेलाबेलामा विभिन्न व्यस्तताबीच पनि बालसाहित्यका कृति सिर्जना गरेको छु,’ उनले भने । उनले प्रत्येक दिनजसो राति सुत्नेबेला नातिलाई कथा सुनाउने गरेको स्मरण गरे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठका तीन दर्जन बढी पुस्तक प्रकाशित छन् । उनको पागल बस्ती उपन्यास निकै प्रख्यात छ । यसअघि उनले बालसाहित्यका पुस्तक बजारमा ल्याएका थिए । परिचय प्रकाशनले यसलगत्तै सरुभक्तका नौवटा पुस्तक बजारमा ल्याउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

आन्दोलन फिर्तासँगै आजबाट अस्पतालमा नियमितरूपमा सबै सेवा सुचारु