मानव स्वास्थ्यका लागि भुइँकटहर

भुइँकटहर स्वास्थ्यका लागि निकै लाभदायी फल हो । यो स्वास्थ्यको फाइदाका लागि अद्भूत फल मानिन्छ । यससँग रोचक यात्रा पनि जोडिएको छ । क्रिस्टोफर कोलम्बससँग भुइँकटहरको सन्दर्भ जोडिने गरेको छ । विश्व भ्रमणपछि सन् १४९३ मा कोलम्बसले भुइँकटहरलाई युरोप भित्याएको भनिन्छ । पहिलेपहिले अमेरिकाको हवाई भन्ने स्थानमा यो ठूलो परिमाणमा उत्पादन हुन्थ्यो । तर, अहिले भुइँकटहर पाराग्वे, ब्राजिल, फिलिपिन्स, कोस्टारिकामा अत्यधिक खेती गरिन्छ ।

भुइँकटहर पोषक तत्वको खानी नै हो । यो फलमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर प्रशस्त मात्रामा पाइन्छ । साथसाथै, यसमा भिटामिनमा ‘ए’, ‘सी’, बिटा क्यारोटिन, थियामिन, ‘बी’५, ‘बी’६ र फोलेटको मात्रा पनि प्रचुर हुन्छ । पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियमजस्ता अति महत्वपूर्ण तथा शरीरका लागि आवश्यक खनिज तत्व यसमा पाइन्छ । यसमा ब्रोमिलेन नामक दुर्लभ खालको प्रोटियोलाइटिक इन्जाइम पनि पाइने भएकाले चिकित्सकहरूको सिफारिसमा भुइँकटहर नछुट्ने फलमध्येमा पर्दै आएको छ । यो इन्जाइमले जटिल खालका प्रोटिनलाई टुक्रा पारेर पीडा कम गरी सहजता ल्याउँछ ।

यो फल भिटामिन ‘सी’को राम्रो स्रोत हो । जसका कारण शरीरमा यसले रोग लाग्नबाट बचाइराख्छ । श्वेत रक्तकोषका गतिविधिमा वृद्धि गरी रोगप्रतिरोधी क्षमता पनि बढाउँछ । यस कारण शरीरमा लागेका घाउ छिट्टै निको हुने गर्छन् । यसले घाउमा संक्रमणको प्रतिरक्षा गर्छ । थप काममा यसले रक्त धमनीका भित्ता, छाला तथा हड्डीमा आवश्यक पर्ने ‘कोलाजेन’ प्रोटिन पनि निर्माण गर्छ ।

भिटामिन ‘ए’, बिटा क्यारोटिन, ब्रोमिलेन, फ्लाभोनोइड्स र म्यागनिजको स्रोत भएकाले भुइँकटहरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट पनि बचाउँछ । भुइँकटहरको नियमित सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने र उच्च रक्तचापको समस्या समाधान गर्न मद्दत गर्छ । यसमा शरीरका लागि पाचन प्रक्रियामा सहयोग पु¥याउने फाइबरको मात्रा उल्लेख्य हुने भएकाले पाचन प्रणाली चुस्तदुरुस्त रहन्छ । म्यागनिज तत्व प्रशस्त हुने भएकाले भुइँकटहरले हड्डी बलियो बनाउन मद्दत गर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने