Tuesday, May 11, 2021
Home Breaking News आधा डीआईजी पद कटौती हुँदै

आधा डीआईजी पद कटौती हुँदै

,

काठमाडौं । सरकारले नेपाल प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी कटौती गर्ने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले आवश्यकभन्दा बढी डीआईजी पद कटौती गरिने प्रस्ताव गरेका हुन् ।

हाल नेपाल प्रहरीमा प्रशासनतर्फ २६ र प्राविधिकतर्फ ८ गरी ३४ डीआईजीको दरबन्दी रहँदै आएको छ । सरकारले प्रशासनतर्फबाट १३ पद घटाउने गरी तयारी अघि बढाएको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले २६ मध्येबाट १३ मात्रै कायम गर्ने गरी तयारी भएको र त्यसमध्ये पनि हाल चार जना कायमै रहेका कारण नौ जनाको मात्रै डीआईजीमा बढुवा गर्ने तयारी भएको जानकारी दिए ।

‘२६ मध्येबाट १३ मात्रै कायम गर्ने गरी तयारी भएको छ, प्रशासन तर्फका अब १३ वटा दरबन्दी घट्छ, हाल चार जना डीआईजी कायमै रहेका कारण अब ९ जनाको मात्रै बढुवा गर्ने तयारी छ,’ ती मन्त्रीले राजधानीसँग भने ।

प्रशासनतर्फ १३ जना मात्रै

९ जनाको मात्रै बढुवा हुने

स्रोतका अनुसार सो विषयमा निर्णय नै भएको बुझिएको छ । तर, सार्वजनिक गरिएको छैन । सोअनुसार नै निर्णय बाहिरिए धेरै एसएसपीहरु बढुवाको मुखमा मारमा पर्नेछन् ।

प्राविधिकबाहेकका २६ डीआईजीमध्ये हाल भने २२ जनाको दरबन्दी रिक्त छ । गत २९ माघमा तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उनका ब्याजी डीआईजीले अवकाश पाएपछि २२ दरबन्दी रिक्त रहँदै आएको हो । प्राविधिकतर्फ भने ८ डीआईजी नै कायम छन् ।

डीआईजीका १३ दरबन्दी कटौती भए बाँकी ९ पदका लगि ३४ जना एसएसपीहरु प्रतिस्पर्धामा रहनेछन् । हाल सूर्य उपाध्याय, निरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल भने डीआईजी छन् ।

नेपाल प्रहरीमा रिक्त डीआईजी बढुवामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सहमति नजुटेपछि पछिल्लो समय गृह र प्रधान कार्यालयबीचको सम्बन्ध चिसिएको थियो ।

गृह मन्त्रालयले आवश्यकभन्दा बढी डीआईजीको दरबन्दी कटौती गर्ने तयारी गरेपछि प्रधान कार्यालय रुष्ट रहँदै आएको थियो ।

यसअघि डीआईजीको दरबन्दीमा पुनरावलोकन गर्न गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा समिति गठन भएको थियो । प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर मात्रै दरबन्दी थपघट गर्नुपर्ने प्रावधान छ । ओएनएमले घटनाउनुपर्ने या बढाउनुपर्ने कारणसहित संख्या निर्धारण गर्छ । गृह मत्रालयले भने मन्त्रीपरिषद्को निर्णय आइनपुगेको जनाएको छ ।

‘समितिले निर्णय लिने कुरा हो, मन्त्रिपरिषद्बाट भएको निर्णय मन्त्रालयमा आएको छैन,’ गृह स्रोत भन्छ । नेपाल प्रहरीमा डीआईजी बढुवाका लागि एसएसपीहरू घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी र देवबहादुर बोहोरा प्रतिस्पर्धामा छन । उनीहरु ९८ ब्याचका हुन् ।

यसैगरी, १०१औं ब्याचबाट ०७४ असारमा एसएसपीमा बढुवा भएका धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र धानुक बढुवाको लाइनमा छन् ।

त्यस्तै, २०७५ वैशाखमा एसएसपीमा बढुवा भएका सहकुल थापा, अरुणकुमार बीसी, प्रकाश अधिकारी, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ समेत डीआईजी बढुवाको लाइनमा छन् ।

डीआईजी बढुवा समयमै नहुँदा प्रहरीका महत्वपूर्ण विभाग र ६ प्रदेश एसएसपीको भरमा नै छन् । प्रहरीमा ७ वटै प्रदेश प्रमुख डीआईजी रहन्छन । यस्तै अन्य महत्वपूर्ण विभागसमेत डीआईजीको कमान्डमा रहने व्यवस्था छ ।

(Visited 181 times, 1 visits today)
Loading comments...

आजको समाचार

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

साताका लोकप्रिय समाचार

चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई २–० ले पराजित...

‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी...

नेपाल फकाउने ओलीको प्रयास असफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ...

यात्रु ठग्नेमाथि ट्राफिकको निगरानी

काठमाडौं । कोभिड–१९ को महामारीमा यात्रुसँग बढी भाडा असुल्नेमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यबाट नै बढी भाडा असुल्ने पाँच...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

ट्रेन्डिङ

सामूहिक राजीनामा दिने ५ मन्त्रीको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ५ जना मन्त्रीले राजीनामा दिने तयारी गरेका...

गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित, कुल संक्रमित १२२८ पुगे

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ । प्रदेशमा गएको २४ घण्टामा २५ जना नयाँ संक्रमित थपिएका...

महिला किसानले बुझाए कृषिमन्त्रीलाई ४१ बुँदे ज्ञापनपत्र

काठमाडौँ । महिला किसानले कृषि तथा पशुपन्छि विकास मन्त्री पद्मा कुमारी अर्याललाई ४१ बुँदे ज्ञापनपत्र बुझाएका छन् । प्रांगारिक कृषि उत्पादन अभियान नेपाल र...

नेप्सेमा नकारात्मक सर्किट, कारोवार स्थगित

काठमाडौँ । कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ । मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले...

कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९...

हाम्रो पार्टीमा बहस, छलफल समाजवादका लागि : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व कम्युनिष्ट पार्टीकै...

जुम्लामा आगलागी हुँदा ३५ घर जलेर नष्ट, पानी नहुँदा माटाेले आगाे निभाउदै

सिञ्जा । जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट...

केन्द्रीय समिति गठनमा जसपा भित्र बढयो विवाद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र केन्द्रीय समिति गठनमा विवाद भएको छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी...

भाइटिकाकाे भाेलीपल्ट सार्वजनिक विदा

काठमाडाैं । सरकारले किजा पूजाका अवसरमा आगामी मङ्सिर २ गते नेपालभर सबै कार्यालयमा सरकारी विदा दिने भएको छ । मन्त्रिपरिषद्को यही कात्तिक २४ गतेको निर्णय...

चीनको उहानबाट कोरियालीको उद्धार, ६ जनामा भाइरसको लक्षण

सियोल । कोरोना भाइरसबाट प्रभावित चिनियाँ शहर उहानबाट १४७ जना दक्षिण कोरियालीलाई बिमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकाहरुमा १४७ जना कोरियाली नागरिक,...

अधुरै रहे ऋषि कपुरका यी दुई फिल्म

मुम्बई । बलिउडका सदावहार अभिनेता ऋषि कपुर अब सम्झनामा मात्र सीमित भएका छन् । उनको बिहीबार बिहान मुम्बईमा क्यान्सरबाट निधन भयो । आफूलाई क्यान्सर हुँदा...

फिल्डमा खटिने पत्रकारलाई पिपिई

काठमाडौं । नेपाल वातावरण पत्रकार समुहले कोभिड १९ जोखिम बढेको भन्दै फिल्डमा खटिने पत्रकारहरुलाई पिपिई (व्यक्तिगत सुरक्षा सामाग्रि) उपलब्ध गराएको छ । कृयाशील ३०...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)