वेब सिरिजमा ‘स्वस्थानी भर्सेस ग्याङ’

काठमाडौं । डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने भएको छ । पोस्टर सार्वजनिक गर्दै यो समूहले सो जानकारी दिएको हो ।

सार्वजनिक पाँच पोस्टरले सिरिजको कथावस्तु, चरित्र चित्रण र मुड दर्साउँछ । यसअघि रुचाइएका ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टी फस्ट लभ’ र ‘यु एन्ड आई’ पछि प्रोफाइल पिक्चर्सले ‘कार्टुन्ज क्रु’सँगको सहकार्यमा छुट्टै एउटा नयाँ सिरिज ल्याउन लागेको हो ।

नेपालमा अहिले बनिरहेका वेब सिरिजभन्दा बिल्कुलै फरक ढंगले निर्माण भएको टिमले जानकारी दिएको छ । यो सिरिजको कथा, पटकथा र निर्देशन सरिन पोखरेलको छ । पोखरेल आफंैले यसअघि नेपालमा युवापुस्ताले एकदमै रुचाइएको तीनवटा सिरिज निर्देशन गरिसकेका छन् । सरोज अधिकारी र सागर खनाल निर्माता हुन् ।

कार्यकारी निर्मातामा विजय अधिकारी (बन्नी) छन् । सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, जिवेश गुरुङ, लक्ष्मी गिरी, विजय अधिकारी, संगीता बस्याल, अस्मिता खनाल, अभिप्सा खनाल, संयोग गुरागाईं, रोशनी कार्की, सोनिया लामा, निकोलस अर्याललगायत कलाकार छन् । गायक प्रताप दासको केमियो भूमिका हुनेछ ।

संकल भुजेलको छायांकन र सागर खनालको सम्पादन रहनेछ । सिरिजको शीर्ष भूमिका स्वस्थानीमा आश्माले अभिनय गरेकी छन् । एउटा मोबाइल ’round केन्द्रित कथावस्तुमा सिरिज बनेको छ । सिरिजमा कुल १० एपीसोड हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

epaper

ताजा समाचार

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह