बागमति सफाइमा तेक्वान्दो खेलाडी

काठमाडौं । बागमती सरसफाई अभियानमा तेक्वान्दो खेलाडीहरु पनि सहभागी भए । शनिबार ५२५औं हप्ता बागमति सफाइ अभियानमा प्रस्तावित मनराम केसी स्मृति तेक्वान्दो समाजका खेलाडी सहभागी भएका हुन् ।

बागमती सफाई अभियानमा अभियन्ता दिवाकर पुडाशैनी, जयराम पुडाशैनी, रिता अधिकारी, नारायणकाजी गिरी, ईश्वर पुडाशैनीलगायतको बिशेष आग्रहमा होप फाउन्डेशन नेपालका अध्यक्ष खड्काबहादुर थापा, (भट्टू थापा), कुमारबहादुर लामा र अर्जुन खत्रीको नेतृत्वमा प्रस्तावित समाजलगायत बौद्ध तेक्वान्दो डोजाङ्ग, कैलाश बोधी विद्यालयका तेक्वान्दो खेलाडीले शनिबार बागमती सरसफाई अभियानमा सहभागी भए ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

epaper

ताजा समाचार

निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ: देउवा