गाउँपालिकाद्वारा किसानलाई स्थलगत तालिम र प्रोत्साहन

मकवानपुर । स्थानीय उत्पादनलाई प्रोत्सान गर्दै नयाँ नयाँ कृषि संभाव्यता अध्ययनलाई निरन्तरता दिंदै आएको मकवानपुरको बकैया गाउँपालिकाले कृषि प्रदर्शनी केन्द्र स्थापना गरेर कृषकहरुलाई सिकाइ प्रोत्साहनसँगै उत्पादनमा जोड्न थालेको छ ।

यतिमात्रै हैन गाउँपालिकाले कृषि प्रदर्शनी केन्द्र समेत सञ्चालनमा ल्याएको छ । बकैया गाउँपालिकाको कार्यलय भवन नजिक बकैया कृषि प्रदर्शनी केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइएको हो । १ विगाह क्षेत्रफलको जग्गा भाडामा लिएर गाउँपालिकाले नमुनाको रूपमा कृषि प्रदर्शनी केन्द्र सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए । किसानको लागि कुनै पनि प्रकारको तालिम, अभिमुखिकरण, रोग’bout जानकारी गराउने काम केन्द्रकै फिल्डमा लगेर गराइन्छ । गाउँपालिकाले कृषि उत्पादन र पशुपालनको लागि किसानलाई आवश्यक सबैप्रकारको जानकारी कार्यक्रम हलमा हुँदा प्रभावकारी नभएपछि पालिकाले फिल्डमा उत्रेर सिकाईलाई प्रभावकारी र प्रेरित गर्ने कामको थालनी गरेको हो ।

प्रति कठ्ठा ४ हजार रुपैयाँमा भाडा तिर्ने गरी वार्षिक १ लाख रुपैयाँ खर्च गरेर कृषि प्रदर्शनी केन्द्र सञ्चालन गरिएको अध्यक्ष लामिछानेले बताए । कृषकहरूलाई उन्नत जातको बिरुवा उत्पादन गरी वितरण गर्ने, प्रयोगात्मक सिप सिकाउने, नयाँ प्रविधि देखाउने उद्देश्य अनुसार गाउँपालिकाले १५ लाख रुपैयाँ लगानी गरेर कृषि प्रदर्शनी केन्द्र सञ्चालनमा ल्याएको हो । हाल ३ वटा टनेलमा विभिन्न प्रकारका कृषि उपजहरू उत्पादन थालिएको छ ।

यसैगरी गाउँपालिकाले लागत साझेदारीमा आधुनिक गाई फर्म सञ्चालनका लागि २ वटा वडामा नयाँ प्रविधिका गाई फर्म सञ्चालनमा रहेको छ । बकैया–७ र ११ मा ५०÷५० प्रतिशत लागत साझेदारीमा गाई फर्म सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार गाउँपालिकाको आर्थिक सहायतामा वडा नम्बर–११ मा नयाँ संरचना र प्रविधिसहितको २५ वटा गाई पाल्ने गरी फर्म सञ्चालन गरिएको छ । गाउँपालिकाबाट उक्त फर्मका लागि संरचना निर्माण अन्तर्गत ५ लाख रुपैयाँ र गाई खरिदका लागि १५ लाख रुपैयाँ अनुदानको रूपमा उपलब्ध गराइएको श्रेष्ठले बताए । उनका अनुसार वडा नम्बर–७ मा विदेशबाट फर्किएको व्यक्तिहरूलाई लक्षित गरी २४ लाख रुपैयाँ लागत साझेदारीमा उपलब्ध गराइएको छ । १२ जना विदेशबाट फर्किएका युवाहरू निर्माण गरेको कम्पनीसँग ३० वटा गाई खरिद गर्ने गरी काम भइरहेको उनले बताए ।

गाउँपालिकाले पालिकाभित्र रहेको कृषियोग्य जमिनको भरपुर सदुपयोग गराउँन, बाँझो जमिन नराख्नको लागि किसानलाई प्रोत्साहन गर्दै आएको छ । “माटो अनुसारको बाटो भने झै, हाम्रो पालिकामा व्यवसायभन्द कृषि क्षेत्रमा उद्यमशीलताको संभावना छ” अध्यक्ष लामिछानेले भने ।गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको विकास र कृषकहरूको जीविकोपार्जनमा सघाउने लक्ष्य अनुसार कृषि उद्यमशीलताका लागि विभिन्न कार्यक्रमहरू कार्यान्वयन गर्दै अघि बढेको उनले बताए ।

गाउँपालिकालाई पशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य अनुसार व्यवसायीक खेतीका लागि प्रोत्साहन गर्ने कार्यक्रम कार्यान्वयन गरेको गाउँपालिका अध्यक्ष लामिछानेले बताए । गाउँपालिकाका नागरिकलाई कृषि उद्यमशीलतामा आबद्ध गराएर जनजीविका सहज बनाउने योजना बनाएको छ । नागरिकहरूको जीविकोपार्जनसँगै आर्थिक समृद्धिका लागि गाउँपालिकाले स्थानीय स्तरमा नै कृषि उत्पादन गर्ने, प्रशोधन तथा बजारीकरणका काम गर्ने गरी अघि बढेको उनले बताए ।

कुल ४६० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिका अन्तर्गत १२ वटा वडाहरू रहेका छन् । साबिकका धियाल, छतिवन, शिखरपुर, मन्धली र ठिंगन गरी ५ वटा गाविस मिलेर बनेको यो गाउँपालिकामा ८ हजार ९१३ परिवारका कुल जनसङ्ख्या ४० हजार ९०७ रहेको छ । जसमध्ये अधिकांशको जीवन निर्वाह कृषि नै हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार कृषि क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रम अन्तर्गत ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने संघीय र प्रदेश सरकारबाट समपूरक र विशेष अनुदान मार्फत करिब २ करोड रुपैयाँको थप बजेट कार्यान्वयनको चरणमा रहेको छ ।

पूर्वमा मकवानपुरको बागमती गाउँपालिका, पश्चिम–हेटौडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिका, उत्तरमा मकवानपुरको भिमफेदी गाउँपालिका र ललितपुर बागमती गाउँपालिका, दक्षिणमा रौतहट र बारा जिल्लासँग सिमाना जोडिएको छ । पछिल्लो समय बकैयाले पूर्वाधार विकाससँगै शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई महत्वका साथ बजेट तथा कार्यक्रममा समावेश गरेको छ ।

नागरिकहरूलाई आर्थिक सहायता प्रदान गरी उत्पादन र उत्पादकत्व बढाउने तथा उत्पादित पशुजन्य पदार्थ तथा दूधबाट विभिन्न परिकार बनाउन उद्योग स्थापना गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने योजना रहेको उनको भनाई छ । कृषकहरूको सहायताका लागि घर गोठ तथा खेतबारीमा नै प्राविधिकहरूको सेवा पु¥याउने गरी काम अघि बढाएको उनले बताए ।

लागुपदार्थ मुक्त गाउँपालिका घोषणा गरी निरोधात्मक तथा प्रवद्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेको बकैयाले जनशक्तिको अभाव, बजेटमा कमजोर आन्तरिक स्रोतको हिस्सा, भौगोलिक विकटता, छरिएको बस्तीका चुनौतीका बिच काम गरिरहेको उनले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा नदी उकास जमिनलाई संरक्षण गरी औद्योगिक ग्राम निर्माणको चरणमा अघि बढेको छ । श्रेष्ठका अनुसार गाउँपालिकाले ७ नम्बर वडा स्थिति हात्तिखोलाको नदी उकास क्षेत्रको जमिनलाई संरक्षण गरी कृषि औद्योगिक ग्रामको रूपमा विकास गरिरहेको छ । कृषिकहरुलाई सहुलियतमा साइलेज र दाना वितरण गर्ने र पशुपालनमा प्रोत्साहन गर्ने गरी सो क्षेत्रमा साइलेज र दाना उद्योगका लागि भौतिक संरचना निर्माण गरिएको उनले बताए ।

७ विगाह क्षेत्रफलको उक्त जमिनमा २०७६ मा नै गाउँपालिकाबाट निर्णय गरेको भएपनि काम अघि बढ्न सकेको थिएन । गत २०७९ को निर्वाचनपछि वर्तमान नेतृत्वले उक्त कार्यलाई अघि बढाएको थियो । वर्तमान नेतृत्वले गत आर्थिक वर्ष २०७९÷०८० मा से क्षेत्रमा भौतिक संरचना निर्माणका लागि ठेक्का लगाएको थियो । औद्योगिक ग्रामको घेराबारसहित २ वटा उद्योगको भौतिक संरचना निर्माणका लागि हालसम्म ५ करोड रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

गत आर्थिक वर्षमा २ वटा उद्योगको भौतिक संरचना निर्माणका लागि ३ करोड रुपैयाँको ठेक्का आह्वान गरी काम गरिएको थियो । हाल सो क्षेत्रमा साइलेज र दाना उद्योग गरी २ वटा उद्योगका लागि भौतिक संरचना सहित प्रशासनिक भना खडा गरिएको छ । चालु आर्थिक वर्षमा भने सो उद्योगका लागि आवश्यक मेसिनरी औजारहरु खरिदका लागि ३ करोड रुपैयाँ विनियोजन गरेकोमा १ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौताको अन्तिम चरणमा रहेको उनले बताए । गाउँपालिकाले निकट भविष्यमा सो औद्योगिक ग्राममा कृषि औजार सामग्री उद्योग, प्राङ्गारिक मल उत्पादन उद्योग र नर्सरी स्थापना गर्ने रणनीति लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ लिए