जन्मोत्सवमा बृक्षारोपण अभियान संचालन

रौतहट । रौतहटमा जन्मदिनको अबसरमा बृक्षारोपण अभियान कार्यक्रम संचालन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब गोबिन्दप्रसाद चौलागाईले रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ९ मरधरमा एक कार्यक्रमको आयोजना गरी बृक्षारोपण अभियान शुरु गरेका हुन ।

रौतहटका बनहरुबाट दिन प्रतिदिन रुख कटान तथा काठ तस्करी भइरहेको अबस्थामा सचिब चौलागाईले रौतहटमा बृक्षारोपण अभियान चलाएका छन । बृक्षारोपण कार्यक्रममा चौलागाईले अब हरेक नागरिकले आफनो जन्मदिनको अबसर पारेर बृक्षारोपण गर्न आग्रह गरेका छन । बिरुवा रोप्ने मात्रै हैन हुर्काउने जिम्मा पनि बिरुवा रोप्नेको नै हुने पत्रकार चौलागाइले बताए । सकरात्मक सोचका साथ यो अभियान देशब्यापी रुपमा लैजाने पत्रकार चौलागाइले बताएका छन । जन्मदिनको अबसरमा फजुल खर्च गर्नेहरुको संख्या बढिरहेको अबस्थामा यस्ता पुण्य काम गर्नाले समाजलाइ सकरात्मक दिशा तर्फ लैजान सहयोग पुग्ने सचिब चौलागाईको धारणा थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले बिरुवा रोप्नुको साथ साथै हुर्काउन पनि उत्तिकै जिम्मेबार हुनुपर्ने बताएका छन । सचिब चौलागाईको अभियान एकदमै सकरात्मक रहेको र यस अभियानमा हरेक नागरिकहरु जोडिन केन्द्रिय सदस्य पुरीले आम नागरिकलाइ आग्रह गरेका छन ।

यस्तै सोही कार्यक्रममा जनजागृती माबि सिन्धुरेघारीका प्राचार्य शत्रुधन साहले आफनो बिद्यालयमा अध्ययन गर्ने हरेक बालबालिकालाइ यो अभियानमा समावेश गराउने प्रतिबद्धता गरेका थिए । यसैगरी डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिल कुमार महतोले यस्तै अभियान देशैभरी चलाउनुपर्ने धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाको २ कार्यकाल अध्यक्ष,केन्द्रिय सदस्य हुदै महासंघका केन्द्रिय सचिब भएको चौलागाईले यस अघि पनि समाजिक कार्यमा सक्रियता देखाउदै आएका छन । उनले चन्द्रपुर नगरपालिका वाड नं. ९ मा रहेको जनजाग्रृती माबिमा पुस्ताकालय स्थापना,चन्द्रपुर नगरपालिका वाड नं. १० को मुसहर बस्तीमा बिपन्न परिवारको ६ वटा घर निमार्ण,जिल्लाको बिभिन्न स्थानमा स्वास्थ्य शिबिर,सुशासन सम्बन्धी बिभिन्न कार्यक्रमहरु गदै आएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

फ्रान्समा हिंसात्मक विरोध प्रदर्शनपछि १२ सय बढी पक्राउ, दर्जनाैं भवनमा आगजनी