काठमाडौं । नेपाली चलचित्रको छायाँकनमा एक हजार मानिस जुटाउन चलचित्र युनिटलाई हम्मे हम्मे पर्छ । तर दीपेन्द्र के खनालको निर्देश्नमा तयार भईरहेको चलचित्र ‘मेयरा साव’को छायाँकनमा एकै थलोमा ११ हजार जना मानिस भेला गरिएको छ ।
निर्देशक खनाललाई सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर यस्तो लेखेका छन् । ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा मेयरको छायांकनको लागि आउनु भएका ११ हजार स्थानीयको माया हो । नेपाली सिनेमा निर्माणमा एउटा महत्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित माहानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिमबाट हार्दिक आभार व्यक्त गर्दछु ।’
सर्लाहीको बागमति नगरपालिकाका मेयर भरत थापाको जीवनीमा आधारित यो चलचित्रको आमसभा दृष्यका लागि एकै स्थानमा यतिधेरै दर्शक भेला भएका हुन् । त्यसैले सिनेमा वाग्मतीमै छायांकन भइरहेको छ । केही सिनमात्रै काठमाडौं र सिन्धुलीमा हुने निर्माण पक्षले जनाएको छ ।
करिब एक महिनादेखि सर्लाहीको वाग्मती नगरपालिकामा सिनेमाको छायांकन गरिरहेका दीपेन्द्रले यसअघि पनि विभिन्न समयमा लोभलाग्दो क्राउड सामाजिक सञ्जालमा पोष्ट गरिरहेका हुन्छन् ।
डार्क कमेडी होस् वा यौन मनोविज्ञान अथवा थ्रिलर वा थ्रिडी खनालले ठूलो जोखिम मोलेर बनाएका थिए ,सफल पनि अहिले भने उनले राजनीतिक सिनेमामा आफूलाई प्रमाणित गर्दैछन् । राजनीतिक सिनेमामा खरो उत्रिने यो अवसरलाई उनले पक्कै पनि सदुपयोग गर्नेछन् ।
सिनेमामा खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन् । यसका लागि उनले सिनेमा छायांकनभन्दा अगाडि वाग्मती नगरपालिकामा नै केही समय बसेर मेयर थापाको स्वभाव, आनीबानी, कार्यशैली, व्यक्तित्वको ’boutमा अध्ययन गरेका थिए । खगेन्द्रको अपोजिटमा अभिनेत्री वर्षा राउतले अभिनय गरिरहेकी छन् । पटकथा प्रडक्सनको ब्यानरमा बनिरहेको सिनेमामा महेश दवाडीको पटकथा तथा कृष्ण बहादुर थापाको छायांकन रहनेछ ।
सिनेमामा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहनेछ ।
यो सिनेमाबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् ।






