निर्माणकैक्रममा ढलेको बाईटार–चिपटार पुलको टावर ठड्याइयो

खोटाङ । निर्माणकैक्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ । पुलको उदयपुरतर्फको निर्माणाधिन टावर २०७९ चैत १० गते ढलेको थियो ।

चौतर्फी दवावपछि गत फागुन २९ गतेदेखि काम सुरु गरेको नेपाल फूलवारी–स्वर्णीम–अन्सुमन जेभी काठमाडौंका प्रतिनिधि बशन्त बुढाथोकीले गत सोमबार टावर ठड्याउने काम सम्पन्न गरेको हो । टावर ठड्याउने काम सकेपछि मिस्त्रीको नाइके लठ्ठा तान्ने चेनपुल्ली लगायतका सामान लिन भन्दै हिँडेको सुनकोसी प्रावि बाईटारका प्रअ बिशाल राईले बताए । चरम ढिलासुस्तीका वावजुद झोलुङ्गे पुलको उदयपुर र खोटाङतर्फ नदी किनारमा टावर उठाइएको थियो । खोटाङतर्फको टावर भने यथावत छ ।

टावर ढले यता काम ठप्प भएको थियो । टावर ढलेसँगै रुग्न अवस्थामा पुगेको पुलको कामलाई पुःन सुचारु गराउनका लागि प्रदेश सांसद भूपेन्द्र राई लगायतले पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई दवाव दिएका थिए । नेपाल फूलवारी–स्वर्णीम–अन्सुमन जेभीले ३० महिनामा सक्नेगरी २०७६ वैसाख २६ गतेदेखि पुल निर्माणको ठेक्का लिएको थियो । झोलुङ्गे पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको छ ।

प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलव्ध गराएको ३ करोड ५० लाखमा पुल निर्माणको काम सुरु गरिएको थियो । पुल निर्माणको काममा ठेकेदारको चरम ढिलासुस्ती भएको स्थानीय युवा नयन जेरो राईले बताए । उदयपुरको कटारीबजार डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो ।

पुल अभावमा साविकको डिकुवा–३ बाईटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका करिब ११० परिवार सदियौंदेखि डुंगा चढेर नदी वारपार गर्न वाध्य बनेको प्रअ राईले बताए । घाटको वारी पारिसम्म कच्ची सडक बनिसकेको छ । तर, हालसम्म डुंगा विस्थापित गर्ने पुल बनेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना