अर्घाखाँची । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुन पुस्तक बिक्री गर्दै अर्घाखाँची पुगेका छन।विरगंजको कृषि औजार कारखानालाई नियमित रुपमा संचालनको लागि पुस्तक बिक्री गर्दै हिडनुभएका उहाँ ८१ औं दिनमा अर्घाखाँचीमा आएका हुन ।हाल सम्म देशका २४ जिल्ला पुगेका उनले करिव ५ करोडको पुस्तक बिक्री गरेको बताए ।
हाल सम्म ७२ हजार पुस्तक बिक्री भएको छ । विद्यार्थीको लागि मात्र ५० रुपँया छुट गरि ७सयमा बिक्री भएपनि अन्यको लागि एउटा पुस्तकको मुल्य ७सय५० मा बिक्री गर्दै आएको बताए।तिन महिना भित्रमा देशका ७७ वटै जिल्लामा पुग्ने लक्ष्य रहेको पुनको भनाइ छ ।आफैंले लेखेको ‘सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तकमा समेटिएको छ ।
कृषि औजार कारखाना संचालनका लागि सरकारले सम्झौता बमोजिम रकम नदिएपछि उनले पुस्तक निकालेरै भएपनि कारखाना सञ्चालनमा ल्याउने अठोट गरेर अहिले किताब बिक्री वितरण गर्दै देशव्यापी अभियानमा लागेको बताए। व्यक्तिगत लाभका लागि नभई राष्ट्रको कृषि औजार कारखाना सञ्चालनका लागि आफू लागि परेको पुनले स्पष्ट पारे ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ,भुमिकास्थान नगरपालिका,शितगंगा नगरपालिका ,पाणिनि गाउँपालीमा,मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिका गरि ८सय बढी पुस्तक बिक्री भएको बताए।बिहिबार साझँ अर्घाखाँचीको यात्रा सकि भोली शुक्रबार देखि गुल्मीमा पुस्तक बिक्री गर्ने बताए ।






