कोशी प्रदेशमा लगानी गर्न एनआरएनएलाई मुख्यमन्त्री कार्कीको आग्रह

सुन्दरहरैचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लगानी गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन्। संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा मुख्यमन्त्री कार्कीसँग भएको भेटमा लगानीका लागि कोशी प्रदेशमा प्रचुर मात्रामा सम्भावना भएकोले लगानीका लागि आह्वान गरेका हुन्।

लगानीका क्षेत्र पहिचानमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको एनआरएनएले जनाएको छ। भेटमा कोशी प्रदेशमा एनआरएनको लगानी, अन्तर्राष्ट्रिय चिया सम्मेलन लगायत समसामायिक विषयवस्तुमा छलफल भएको छ ।

अध्यक्ष केसीले संघले केन्द्र सरकारसँग सहकार्य गर्दै आएको जानकारी गराउँदै अब स्थानीय र प्रदेश सरकारसँग काम गर्न इच्छुक रहेको बताएका थिए। यस्तै,भोजपूर टक्सारका आगलागी पीडितलाई एनआरएनएद्वारा २५ बण्डल जस्तापाता वितरण गरेको छ।

एनआरएनएले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहत प्रदान गरेको छ । आगलागी पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माणका लागि २५ बन्डल (५ परिवारका लागि) जस्तापाता प्रदान गरिएको हो । नगरप्रमुख कैलाश कुमार आलेमार्फत राहत उपलब्ध गराइएको एनआरएनएले जनाएको छ ।

परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग सुरु गरेको जनाएको छ । नगर प्रमुख आलेले भने , “पछिल्लो समय नगर क्षेत्रमा भएको यो ठुलो विपद् हो । यो उदाहरणीय कार्य हो । यसरी नै विपदमा सबै एकजुट भएर आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्दछ ।” संघका अध्यक्ष केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मलम लगाउन पाएको बताए।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्ज महानगरमा गठबन्धनका सिंहलाई १५ सय बढिको अग्रता