फर्की फर्कीको ट्रेलरमा भगवान अवतारमा अनमोल

काठमाडौं । चैध महिनापछि अभिनेता अनमोल केसी दर्शकमाझ आउन लागेका छन् । उनको नयाँ चलचित्र ‘फर्की फर्की’ १० जेठमा रिलिज हुने भएको छ । यो चलचित्रको ट्रेलर बिहिबार सार्वजनिक गरियो ।

यो चलचित्रको ट्रेलर ३ मिनेट २६ सेकेण्ड लामो रहेको छ । नेपालमा अहिलेसम्म नबनेको फ्यान्ट्यासी जनरामा यो चलचित्र निर्माण गरिएको यसका निर्देशक सुयोग गुरुङले ट्रेलर सार्वजनिक कार्यक्रममा बताए । आफ्नो चलचित्रमा टाइम ट्राभलको कथा प्रस्तुत गरिएको पनि उनले जनाए ।

यो चलचित्रमा अनमोलसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याललगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा छन् ।

चलचित्रको ट्रेलर अनुसार यसमा अभिनेता अनमोल म्याडी चरित्रमा छन्। जसमा उनी चमत्कारी भूमिकामा छन् । आफ्ना पुराना गल्तीलाई पूर्व समयमा फर्केर सुधार्ने क्षमता भएका अलौकिक पात्रको रुपमा उनलाई देखाईएको छ । उनले आफूलाई भगवान् मानेको ट्रेलरमा देख्न सकिन्छ । अनमोल र अभिनेत्री जसिता गुरुङ पहिलो पटक जोडी बनेर यो चलचित्रमा प्रस्तुत भएका हुन् । जसरी र अनमोलको प्रेमलाई चलचित्रमा प्रस्तुत गरिएको ट्रेलरमा उल्लेख छ । चलचित्रको दोश्रो ट्रेलर दुई सातापछि फेरी सार्वजनिक गरिने निर्देशक गुरुङले बताएका छन् ।

यो चलचित्रलाई निर्देशक सुयोग गुरुङले नै लेखनका हुन् । यसअघि उनले ‘सानो मन’ चलचित्र निर्देशन गरेका थिए । फर्की फर्कीबाट आफु निकै आशावादी रहेको निर्देशक गुरुङले बताए ।

यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । फर्की फर्कीका सह–निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

आगामी १० जेठमै दिनेश राउत निर्देशित चलचित्र ‘पुजार सार्की’ पनि रिलिज हुँदैछ । पुजार सार्कीमा तीन अभिनेता आर्यन सिग्देल, प्रदीप खडका, पल शाहसहित परिक्षा लिम्बु, अञ्जना बराईलीलगायतको मुख्य भूमिका छ । यसरी आगामी १० जेठमा यी दुई मेघा चलचित्र जुध्ने भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा कांग्रेस एक्लै चुनाव लड्ने