उदयपुरमा बलात्कार घटना बढ्दो, वर्ष दिनमा ५३

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको पछिल्लो तथ्याङ हेर्दा उदयपुरमा बलात्कारको घटना भयबह हुँदै गएको देखिन्छ । बलात्कारका घट्ना भयावह बन्दै जानुले पनि अब समाज कतातिर जाँदैछ त भन्ने प्रश्न तेर्सिएको छ ।

प्रहरी कार्यालयमा दर्ता भएको पछिल्लो तथ्याङले वर्षेनी महिला माथि हुने बलात्कार र बलात्कार जन्य महिला हिंसाका घट्ना बढ्दै गएको देखिएको हो । प्रहरीका अनुसार २०७६ पुस मसान्तसम्मको १ वर्षे अबधिमा घटेका १ सय ३ वटा आपराधिक घटना मध्ये ५३ वटा बलात्कारसँग सम्बन्धित घटना छन् । बलात्कार पनि सबै भन्दा बढी बालबालिका माथि हुने गरेको तथ्यांङले देखाएको छ । वर्ष दिनमा बालिका माथिको बलात्कार संख्या ३० पुगेको प्रहरी अभिलेखमा उल्लेख छ । त्यस्तै महिला बलात्कार र बलात्कार प्रयासका घटना संख्या २३ रहेको प्रहरी अभिलेखले जनाएको छ ।

अन्य अपराधहरु गैरन्यायिक हत्या ११ वटा रहेका छन् भने बहुविवाह १७, नाता कायम १, बालविवाह तथा बाल बहुविवाह ३ वटा रहेको पाइएको छ । घरेलु हिंसाको संख्या वर्ष दिनमा १३ पुगेको छ । बालबालिका माथि कुटपिट घटना एक र मानव ओसारपसार एक तथा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले विष्फोटक पदार्थ राखेको घटना ४ वटा पुगेको छ ।

प्रहरीले अदालततर्फ पठाएर फैसला भएका मुद्दा मध्ये बालबालिका बलात्कारका १३ मध्ये २ जनाले सफाई पाएका छन् । अदालतले फैसला गरेका १२ महिला बलात्कारका मुद्दामध्ये ७ जनाले सफाई पाएको जिल्ला प्रहरी काार्यलय उदयपुरका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताए । उनका अनुसार घरेलु हिंसाका १३ मध्ये ३ वटा मिलापत्र भएको छ भने फैसला भएका बहुविवाहका ९ मुद्दामध्ये ३ वटामा सफाई तथा बालिका कुटपिट र नाता कायमका २ मुद्दा मिलापत्र भएको छ ।

एसपी मगर मानव अधिकार संरक्षण र सम्र्बद्धन गर्न प्रहरी संगठन सधै प्रतिबद्ध रहे पनि समाजमा घटना निमिट्यान्न पार्नै नसकिएको स्वीकार्छन् । सामाजिक अपराधका घटनालाई मानव अधिकारको मूल विषयवस्तु बनाउँदै अघि बढे पनि संभव नभएको बताउँछन । बलात्कार र बलात्कार प्रयास जस्ता जघन्य अपराधको छिनोफानो न्यायालयमा हुनु पर्नेमा धेरैजसो गाउँघरमै मिलाउने प्रयास हुनु पनि प्रहरीका लागि चुनौतिको विषय भएको एसपी बुढा मगरको भनाई रहेको छ ।

बालिकाहरुमा हुने बलात्कारका घटना बढ्नुमा सामाजिक सञ्जालको पनि हात रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरको भनाई रहेको छ । अर्को तिर उदयपुरमा लागु औषध सेवन तथा ओसार पसार भयाबह रहेको र त्यसले समाजलाई आक्रान्त पारेकाले पनि बालिका तथा महिला हिंसाको घटना र बलात्कार जन्य घटना बढेको प्रहरीको बुझाई रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुर २ फेरी अग्रता बढाउँदैं कांग्रेसका दुर्लभ थापा