प्रहरीको १० राउण्ड गोलीसहित पेस्तोल गायव

बारा । नेपाल प्रहरीको पेस्तोल गायव भएको छ । बाराको ईलाका प्रहरी कार्यालय अम्लेखगंज युनिटको १० राउन्ड गोली सहित पेस्तोल गायव भएको खवर प्राप्त भएको हो । विशेष सूचनाको आधारमा सोमवार राती वरिष्ठ प्रहरी नायब निरीक्षक पूर्ण बिसीको कमाण्डमा गाजा समात्न गएको प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका छन् । वरिष्ठ प्रहरी नायब निरीक्षक बिसीको कमाण्डमा रहेको प्रहरीले १२ केजी गाजा सहित एक जनालाई पक्राउ गरेको उनले बताए ।

गाजा तस्करहरूसँगको प्राय घटनामा तस्करहरूसँग दोहोरो भिडन्त हुने गरेको प्रहरी उपरिक्षक खड्काले बताए । सोही क्रममा प्रहरी पुर्ण रूपमा तयारीको साथ गाजा समात्न गएको उनले दाबी गरेका छन् ।

मध्यरातीमा मिसन सफल गर्ने क्रममा बिसीले बोकेको १० राउन्ड गोलीसहित अटोमेटिक पेस्तोल हराएको उनले बताए । पेस्तोलको खोजविन र घटना ’bout सुक्ष्म अनुसन्धान गर्न निर्देशन दिएको प्रहरी उपरीक्षकले बताए ।

वैशाख ६ गते इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका-४ ईनर्वाबाट प्रहरीले गोली चलाएर दुई सय ३० केजी लागूऔषध गाँजासहित रौतहट फतुवा विजयपुर नगरपालिका-४ टेग्राहाका चन्दन पासवानलाई पक्राउ गरेको थियो ।

प्रहरी उपरीक्षक खड्का आए देखि गाजा तस्कर देखि हुण्डी कारोबारीहरूमा उथलपुथल मचेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !