घुस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

मस्को । रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाइएका रूसी उपरक्षामन्त्रीलाई बुधबार हिरासतमा लिइएको छ । उनले ठूलो रकम घुस लिएको आरोप नाभाल्नीको टोलीले लगाएको छ ।

रक्षामन्त्री सेर्गेई सोइगुका लामो समयदेखिका सहयोगी तैमुर इभानोभको गिरफ्तारी हालैका वर्षहरूमा रूसमा भएको सबैभन्दा नाटकीय भ्रष्टाचारको घटना हो । युक्रेनमाथिको आक्रमणबीच सेनामा खर्च बढिरहेका बेला यो कदम चालिएको हो ।

४८ वर्षीय इभानोभले सशस्त्र बलको निर्माण र खरिदको रेखदेख गरेका थिए भने रूसी सेनाले कब्जा गरेको युक्रेनी सहर मारिउपोलको रूसी उच्च ओहोदाको पुनर्निर्माणसँग जोडिएको थियो ।

‘रूसी महासंघका उपरक्षामन्त्रीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ,’ मस्को अदालतको सञ्चार सेवाले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विशेषगरी, ठूलो परिमाणमा घुस लिएको अभियोगमा उनलाई १५ वर्षको जेल सजाय हुनसक्ने बताइएको छ । इभानोभका वकिलले सरकारी समाचार संस्था तासलाई बताएनुसार इभानोभले सो आरोप अस्वीकार गरेका छन् ।

रूसी केही स्वतन्त्र सञ्चारमाध्यमले इभानोभ र उनको परिवारले आफूले मन्त्रालयमा सहमति गरेको सम्झौतामा गैरकानुनी लाभ लिएर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् ।

२०२२ डिसेम्बरमा नाभाल्नीको टोलीले इभानोभकी श्रीमती स्वेतलाना मनिओविचबाट चुहिएका हजारौं इमेलहरू प्राप्त गरेको बताएको थियो । उनले फ्रान्सको दक्षिणमा लक्जरी कार, गहना, लुगाफाटा, पार्टी, प्रिमियम प्रोपर्टी र याट भाडामा लिएर लाखौं युरो खर्च गरेका बताइएको छ । तीमध्ये केही रकम रक्षा मन्त्रालयका ठेकेदारलगायत तेस्रो पक्षमार्फत् हुने गरेको उनीहरूको आरोप छ ।

क्रेमलिनले राष्ट्रपति भ्लादिमिर पुटिन सोइगुसँग निरन्तर सम्पर्कमा रहेको तर इभानोभको गिरफ्तारी’bout सोझै टिप्पणी गर्न अस्वीकार गरेको जनाएको छ ।

प्रवक्ता दिमित्री पेस्कोभका अनुसार यस विषयमा अनुसन्धान हुनेछ । सैनिक पोसाकमा प्रतिवादीहरूको आरोप’bout जवाफ दिन ४८ वर्षीय इभानोभ बुधबार अदालतमा सिसाको कोठाभित्र उभिएका थिए । अदालतले भनेको छ, ‘अनुसन्धानकर्ताहरूले उहाँ (इभानोभ) रक्षा मन्त्रालयका लागि सम्झौता र सहसम्झौताका कामको क्रममा सम्पत्ति सेवाका रूपमा विशेषगरी ठूलो मात्रामा घुस लिने ‘आपराधिक षड्यन्त्र’को हिस्सा भएको विश्वास गरेका छन् ।’

न्यायाधीशले उनलाई कम्तीमा २३ जुनसम्म पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका छन् । उनलाई मस्कोको कुख्यात लेफोर्टोभो जेलमा राखिने रूसी समाचार संस्था तासले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 3 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वहुमत पालिकामा नेतृत्व जिते पनि कांग्रेस समन्वय समितिमा अल्पमतमा