सिडी बिजयले ल्याए बियोगान्त गीत

काठमाडौं । गायक सिडी बिजय अधिकारीले यतिबेला आफ्नो वियोगान्त भावको गीत जीवनको रेल…को भिडियो सार्वजनिक गरेका छन् । उनले यो गीतको भिडियो युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

यो गीत दीपेन्द्र अधिकारीले लेखेका हुन् । अधिकारीले जापानमा बसेर पनि निरन्त गीत लेखेर दर्शकमाझ ल्याईरहेका छन् । गायक सिडीकै संगीत रहेको गीतमा संगीत संयोजन राजु कार्कीको रहेको छ ।

यो गति प्रेम वियोगको कथामा आधारित रहेको छ । मायाप्रेममा धोका पाएकाहरुको पीडालाई गीतमा मर्मस्पर्श रुपमा समेटिएको छ ।

पछिल्लो समय दम्पत्य सम्बन्ध विच्छेद निकै बढेकाले यो गीतमा आफुलाई भन्दा बढी माया गरेकी पत्निले दिएको धोकाका कारण पतिले भोग्नु परेको पीडालाई समेटेको गायक अधिकारीले बताएका छन् ।

यो गीतको भिडियोमा पनि त्यस्तै कथा प्रस्तुत गरिएको छ । भिडियोमा त्रिकोणात्मक प्रेम कथा समेटिएको छ । यो गीतको भिडियो डिए क्रियशनको युट्युब च्यानलबाट बजारमा ल्याईएको छ । दिपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवन बिष्टले भिडियोमा अभिनय गरेका छन् ।

सार्वजनिक भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन र रँग संयोजक दिनशन शाह रहेका छन् । भिडियोलाई गायक सिडी बिजय आफैंले निर्देशन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा गठबन्धन टुट्यो