पोषणको स्रोत फर्सी

फर्सी मिठो र स्वादिलो तरकारी हो । यो जहाँ पनि सजिलै उपलब्ध हुन्छ । फर्सी आफैंमा पोषक तत्वले भरिपूर्ण हुन्छ । फर्सीको फल मात्र नभएर यसको बियाँ र मुन्टाबाट पनि पोषक तत्व पाइन्छ । बच्चादेखि बृद्धसम्म सबैले रुचाउँछन् यसको तरकारी । फर्सीमा प्रशस्त मात्रमा खनिज र भिटामिन पाइन्छ ।

यी तत्वले शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्छन् । फर्सीमा प्रशस्त मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ । यो खानापछि शरीरभित्र ‘भिटामिन ए’मा परिणत भई स्वस्थ आँखा र स्वस्थ मुटुका लागि भरपुर सहयोग गर्छ । बिटा क्यारोटिनले क्यान्सर हुनबाट जोगाउँछ । फर्सीमा प्रशस्त मात्रामा पाइने पोटासियमले हाम्रो शरीरमा रक्तचापको सन्तुलन मिलाउँछ ।

फर्सी फाइबरको मूल स्रोत पनि हो । क्यान्सर, मोटोपना, मुटु रोग, मधुमेह आदि दीर्घ रोगहरू लाग्न दिँदैन यसले । हाम्रो शरीरलाई साधारणतया दैनिक २५ देखि ३० ग्राम फाइबर चाहिन्छ । शरीरको यस्तो आवश्यकता परिपूर्ति गर्न फर्सीले मद्दत गर्छ । क्यालोरी थोरै भए पनि फाइबर आवश्यक मात्रमा हुने भएकाले फर्सी खाएको लामो समयसम्म भोक लाग्दैन ।

तौल नियन्त्रण गर्न फर्सीले हयोग गर्छ । फर्सीमा पाइने भिटामिन ‘ई’ र ‘सी’ले ‘एन्टिअक्सिडेन्ट’का रूपमा हाम्रो शरीरमा काम गर्छ । शारीरिक प्रक्रियाबाट निस्केका हानिकारक ‘फ्री रेडिकल्स’लाई बढ्न दिँदैन ।

फर्सीको बियाँ प्रोटिनको उच्च स्रोत हो । यसमा प्रशस्त मात्रमा जिंक पनि पाइन्छ । जिंक शरीरका लागि अत्यावश्यक खनिज पदार्थ हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अनि कोषहरूको वृद्धि गर्छ । पुरुषहरूको यौनक्षमता वृद्धि र इन्सुलिनको कामलाई नियन्त्रिण गर्न मद्दत गर्छ । जिंक गर्भवती महिलाका लागि उत्तिकै आवश्यक हुन्छ ।

फर्सीको बियाँमा ‘ट्रिप्टोफ्यान’ नामक पोषक तत्व पाइन्छ । यसले शरीरभित्र अनुकूल वातावरणमा ‘सेरोटोनिन’ नामक तत्व निर्माण गर्छ । यसले हाम्रो मुड ठीक राख्न र राम्रो निद्रा पार्न मद्दत गर्छ । सेरोटोनिनले तीक्ष्णता वृद्धि गर्न पनि सघाउ पु¥याउँछ । फर्सीको बियाँमा ‘म्याग्नेसियम’ नामको खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ । मुटुको कार्यमा सहयोग गर्नुका साथै दाँत र हड्डीको उचित विकास गराउँछ, यसले ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी