भारतीय प्रधानमन्त्री मोदी मास्क लगाएरै भिडियो बैठकमा

एएनआई । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य मन्त्रीहरुसँगको भिडियो बैठकमा मास्क लगाएरै उपस्थित भएका छन्।

उनले शनिबार कोरोना भाइरसविरुद्ध भइरहेका कामका ’boutमा छलफल गर्न देशका मुख्यमन्त्रीहरुसँगको भिडियो बैठक आयोजना गरेका थिए ।

मुख्यमन्त्रीहरुसँगको भिडियो अन्तरक्रियाका क्रममा उहाँ मुखमा मास्क लगाएको अवस्थामा देखिएका थिए ।

प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग अहिले भइरहेका कामहरुका ’boutमा जानकारी लिनु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

उनले लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउनेदेखि कोरोना भाइरसविरुद्ध अन्य विभिन्न क्रियाकलापहरुमा मुख्यमन्त्रीहरु र प्रदेश सरकारहरुले राम्रो भूमिका खेलेको भन्दै धन्यवाद पनि दिएका थिए ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको चर्चा गर्दै कोरोना भाइरसविरुद्धको लडाईलाई अझ प्रभावकारी बनाउने उपायका ’boutमा पनि बताउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग यसअघि पनि दुई पटक भिडियो बैठक गरेका थिए । उनले मन्त्रीपरिषद् बैठक र सर्वदलीय बैठक पनि भिडियो मार्फत् गरिसकेका छन् ।

उनले हरेक दिन जसो विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भिडियो बैठक गर्दै आएकाे प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

२४ घन्टामा ४० को मृत्यु, १ हजार ३५ नयाँ संक्रमित

भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएको बताइएको हो ।

शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ७ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार विहानसम्म ७ हजार ४४७ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ ।

पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबारजस्तै शनिबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै पाइएको छ ।

गएको २४ घन्टामा यहाँ ४० जनाको ज्यान गएको सो मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २३९ पुगेको भारतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ५७४ जना पुगेको शनिबार बिहान प्राप्त समाचारमा जनाइएको छ ।

महाराष्ट्रमा मात्र ११० जनाको ज्यान गएको बताइएको छ । यहाँका १८८ जना उपचारपछि घर फर्र्किएका छन् ।

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । ती मध्येका धेरै संक्रमितहर बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् ।

यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका संक्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ६३४ जना संक्रमित भने उपचार पछि निको भएर घर फर्र्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ६ हजार ५६५ जना कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ जना पुगेको पुष्टि भारतको स्वास्थ्य मन्त्रालयले गरेको छ ।
महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या शनिबार बिहानसम्म ९११ पुगेको छ । यीमध्ये २५ जना उपचारपछि घर फर्र्किएका छन् । यस राज्यमामात्र गएको २४ घन्टायता १३ जनाको ज्यान गएको छ ।

त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ९३० रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी राजस्थान, तलंगना र छत्तीसगढमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका