संखुवासभामा आगलागीबाट एक घर जलेर खरानी

बिराटनगर । संखुवासभाको धर्मदेबी नगरपालिकामा गएराती हुँदा एक घर जलेर खरानी भएको छ। वडा नम्बर ९ मा रहेको रुद्र जिमीको घर जलेर नष्ट भएको हो।

शुक्रबार आगलागी भएको ठाउँमा पुगेका धर्मदेबी नगरपालिकाका मेयर उदय चन्द्र पौडेलका अनुसार जिमीको घर जलेर नष्ट भएको बताए। के कसरी आगो लग्यो भनेर यकिन नभए पनि किचेनबाट लागेको आगोले घर र धनमाल पूर्ण रुपमा जलेको र केहि बाँकी नरहेको उनले बताए।

आगोले जिमीको दुई वटा पसल पनि जलेर खरानी भएको र अहिले क्षतिको विवरण संकलन कार्य भइरहेको उनले बताए। पिडितहरुलाई तत्काल नगरपालिकाले केहि राहत पनि उपलब्ध गराउने उनले बताए।

तेह्रथुमको लालीगुराँस नगरपालिकाबाट गएको दमकलकाे अबेर राती आगाे नियन्त्रणमा लिईएको थियो । कुनै मानवीय क्षति भने भएको छैन।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नागेशले पाए विराटनगरको नेतृत्व