अब सिनेमको पर्दामा धराने ‘खजुरे ब्रो’

पोखरा । एक समय खजुरे ब्रो धरानमा निकै लोकप्रिय थिए । उनी विभिन्न कमेडी गरेर स्थानीयलाई खुबै हँसाउँथे । तर केही वर्ष अघि उनको निधन भयो । उनै खजुरे ब्रोमा आधारित रहेर केही फरक कथामा चलचित्र खजुरे ब्रो निर्माण भएको छ ।

खजुरे ब्रोले हाम्रो समाजमा विभिन्न पात्रको कथा कमेडी जनरामा प्रस्तुत गर्न खोजेको छ । यो चलचित्रमा अहिलेको जल्दोबल्दो सहकारी ठगीको स्टोरी छ । धनी–गरिबहोस् वा बाबु–छोरा, यस्तै धेरै थरिथरिका पात्रको कथा बोलेको छ ।’

२८ वैशाखमा प्रदर्शन हुने फिल्म प्रचारका लागि निस्केको चलचित्र युनिटसँग पोखरामा पत्रकार भेटघाटमा मुख्य कलाकार रेयर राईले उक्त कुरा बताएका हुन् । सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु फिल्म हो । यो चलचित्रको कथा सुरज आफैंले लेखेका हुन् ।

कलाकार रेयरले धरानका एउटा एकदमै रमाइलो र चर्चित पात्र खजुरेको चरित्र आफूले निर्वाह गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । सोलुखुम्बुवासी रेयरको यो १३ औं फिल्म हो । २९ दिनमै फिल्म सुटिङ सकेको स्मरण गर्दै उनले सुटिङ निकै रमाइलो भएको अनुभव सुनाए । टाइटर क्यारेक्टरमा आफूले सकेसम्म न्याय गर्न सकेको उनको दाबी छ ।

निर्माता एवं कलाकार नवीन मानन्धरले फिल्मले समाजका हरेक मानिसको कथा बोल्ने भएकोले दर्शकले रुचाउने बताउँछन् । उनका अनुसार धरान, दार्जिलिङ, काठमाडौं र इटहरीमा छायांकन भएको हो ।

कलाकार महेश त्रिपाठीले फिल्मले मनोरञ्जनलाई केन्द्रमा राखेको बताए । ‘अहिले बनिरहेका फिल्मभन्दा यसले प्रस्तुत गरेको कथा भिन्न छ,’ पोखरेली नायक त्रिपाठीले भने, ‘यसको मेकिङ प्याटर्न पनि फरक छ । समाजका अहिलेका सहकारी प्रकरणदेखि लिएर समाजका जल्दोबल्दो इस्सु सबै उठाएको छ, तर रमाइलो ढंगले ।’

कलाकार पुष्कर कार्कीले फिल्मका हरेक पात्रले मनोविज्ञान बोल्न खोज्ने बताए । उनले भने, ‘समाजमा दबिएका कतिपय कुरा देखाउन खोजिएको छ । तर सबै चरित्रहरु एकापसमा रिलेट छन् ।’ उनले आफ्नो चरित्र के हो भन्ने चाहिँ खुलाउन नमिल्ने भन्दै सस्पेन्स राख्न चाहे । उनका अनुसार महेश कविको भूमिकामा छन् । कविले जति पनि शब्द लेखेका छन्, सायद उनको घरको चुलो बोल्छ वा बोल्दैन ? फिल्मले भन्ने बताए । त्यस्तै, निर्माता नवीन मानन्धरले शैक्षिक योग्यता प्राप्त गरिसकेपछि उसको बौद्धिक क्षमता कति छ, सामाजिक असर कति परेको छ भन्ने फिल्मले रमाइलो ढंगले भन्नेछ । कलाकार कार्कीका अनुसार निर्देशक सुनुवारले धेरैजसोजसो पात्र सडकबाटै उठाएका हुन् । यसअघि ‘षडङ्ग’ निर्देशन गरेका सुनुवार ८ वर्षपछि ‘खजुरे ब्रो’ बाट कमब्याक भएका हुन् । पहिलो फिल्म भने त्यति चलेन ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा निर्देशक समाज नेपालका अध्यक्ष जनकदीप पराजुलीसमेत उपस्थित थिए । उनले फिल्मको सफलताको कामना गर्दै नेपालका १ सय ५० हलका २० हजार सिट भरिन सके फिल्म सफल मानिने बताए ।

फिल्मका मिडिया संयोजक एवं चलचित्र पत्रकार संघ नेपाल महासचिव रघुनाथ सापकोटाले आ–आफ्नो मिडियाबाट फिल्म प्रचारका लागि आग्रह गरे । उनले संघको कास्की शाखा निकै सक्रिय रहेकोले यहाँबाट पनि केन्द्रले सिक्नुपर्ने बताए ।

‘खजुरे ब्रो’ मा प्रकाश भुजेल, वीनिता थापा मगर, सुष्मा निरौला, मनीष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीपचन्द्र राईलगायत कलाकारको पनि अभिनय छ । डायमण्ड उप्रेती कार्यकारी निर्माता हुने भने फिल्ममा अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माता छन् । शिशिर बिसुंखेले खिचेको खजुरे ब्रोलाई मित्र डि गुरूङले सम्पादन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका प्रमुख जितेर ठूलो दल बन्दै रेशम चौधरीको उन्मुक्ति पार्टी