सुनकोशी मरिण ड्राइभर्सनको सुरुङ बुधबार ‘ब्रेक थ्रु’ हुने

सिन्धुली । सुनकोशी मरिण डाईभर्सनको सुरुङ भोली बुधबार ब्रेक थ्रु हुने भएको छ । कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारबाट २०७९ साल असोज २८ गतेदेखि खन्न सुरु गरिएको सुरुङ बाँध स्थल सुनकोशी ७ कानढुंग्रीमा ब्रेक थ्रु हुने भएको हो । सुरुङको ब्रेक थ्रु गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली आउने भएका छन ।

सुनकोशी गाउँपालिका वडा नं. ७ कानढुंग्रीमा २६ गते बिहान ११ बजेबाट १ बजेसम्म प्रधानमन्त्री दाहालले ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय गरिएको छ । तराईका ६ जिल्लामा सिंचाई सुविधा पु¥याउन सरकारले सुनकोशीको पानी तराईमा लैजाने, जनविद्युत उत्पादन गर्ने लगाएतका उद्देश्य राखी निर्माण गरेको आयोजनाको सुरुङ निर्माण समय अगावै सकिन लागेको हो ।

सुरुङ निर्माणको काम चाईना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले गरेको हो । सुरुङ निर्माणको काम तोकिएको समयभन्दा ३ महिना अगावै सम्पन्न भएको छ ।

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सिन्धुलीको कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माणको काम ९९.९९ प्रतिशत सकिएपछि प्रधानमन्त्री दाहालले ड्याम साइड तर्फबाट बुधबार ब्रेक थ्रु गर्न लागेका हुन ।

सुनकोशी गाँउपालिका ७ कानढुंग्री भन्ने स्थानमा पर्ने सुनकोशी नदीमा ड्याम निर्माण गरि सुनकोशीको पानी मरिण खोला हुँदै ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पु¥याई सिंचाई सुविधा बढाउने यस आयोजनाको प्रमुख लक्ष्य रहेको छ । तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाइ पु¥याउने आयोजनाको उद्देश्य हो । हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिंचाई हुँदै आएको छ ।

सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी मरिण खोलामा खसालिने छ । जहाँ ३१.०७ मेघावाट विद्युत समेत उत्पादन गरिने छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोकराज गौतमका अनुसार सुरुङ ब्रेक थ्रु का लागि प्रधानमन्त्री दाहाल मंगलबार नै सुनकोशी आउने भएका छन ।

४९ अर्ब ४२ करोड रुपैंया लागतमा सम्पन्न हुने आयोजनाको सुरुङ निर्माणका लागि कोभेकले ११ अर्ब रुपैंयामा ठेक्का पाएको थियो । यस्तै बाँध तथा विद्युत् गृह निर्माणको काम पटेल रमण जेभिले काम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 5 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी !